अन्तर्राराष्ट्रिय लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताहरुले नेपालको विकासका लागि साढे १४ खर्ब रुपैयाँ लगानीको प्रतिवद्धता व्यक्त गरेको समाचारलेआज शनिबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा स्थान पाएको छ ।
यससँगै स्थानीय तहको संख्या अझै टुंगो नलागेको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्व दिएर छापेको छ । अन्नपूर्ण पोस्ट् दैनिकले काठमाडौंमा बढेको प्रदूषण, यसले गरेको असर र समाधानको उपायसहितको स्टोरीलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकले ‘बिचौलिया नै राजदूत !’ शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ । ठूला पाँच दल चुनावी अभियानमा होकिएको समाचारलाई नागरिक दैनिकले महत्व दिएको छ ।
राजधानी दैनिकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुटबन्दीले ‘वाक्क’ भएको बताएको समाचारलाई प्राथमिकता दिएको छ । प्रस्तावित १२ राजदूतको सुनुवाई गर्न पत्राचार भएको समाचारलाई गोरखापत्र दैनिकले फ्रन्टपेजमा स्थान दिएको छ ।
नेपाल समाचारपत्र दैनिकको फ्रन्टपेजमा प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय आफ्नो निद्रा नै हराएको बताएको समाचार प्रकाशित छ ।