खहरे टोल बिकास संस्थाको अध्यक्षमा पहारी


पोखरा । पोखरा ६ बैदामस्थित खहरे टोल विकास संस्थाको चौथो अधिबेशन सोमबार खिमलाल पहारीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरि सम्पन्न भयो ।

समितिको उपाध्यक्षमा गणेशराज पहारी, सचिवमा शिबराज अधिकारी, कोषाध्यक्षमा निर्मल पहारी र सदस्यमा टेकनाथ पौडेल, भागीरथ क्षेत्री, कविराज पहारी, अशोक पराजुली, लता पराजुली, सचिप्रभा कोइराला र शोभा जलारी चयन भएका छन् ।

निर्वाचन समितिमा सुर्यप्रसाद तिमिल्सिना, प्रेमराज पहारी, प्रेना पराजुली, क्षेत्रबहादुर भुजेल रहेका थिए ।

कार्यक्रममा पोखरा बिश्व बिध्यालय बाट मेनेजमेन्ट बिषयमा डिनलिस्टमा पर्न सफल लक्ष्मी थापालाई सम्मान गरिएको थियो ।

सो अबसरमा नगरपालिका सामाजिक शाखा बित्त अधिकृत सबिता ढुङ्गाना, पोखरा ६ का वडा सचीव राजुबहादुर कोइराला, सल्लाहकार लक्ष्मण थापा, समन्वय समितिका अध्यक्ष गिरिराज अधिकारी, वडा नागरिक मञ्चका संयोजक बिष्णुहरी अधिकारी, महिला समन्वयकि अध्यक्ष बिष्णु केसी, वडा बाल मञ्चकि अध्यक्ष प्रेणा पराजुली, खहरे आमा समुहकी अध्यक्ष मैया थापा भट्टराई, खहरे दाजुभाइ समुहका अध्यक्ष रोशन पहारीलगाएतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष इमनाथ जैसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव गणेशराज पहारीले गरेका थिए ।