भारतीय राजदूत रन्जित रेलाई कालो झण्डा ओढाए (छापाबाट)


निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासीन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झण्डा देखाएका छन् । कैलाली जिल्लाको हुलाकी राजमार्गको १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण हुन बाँकी रहेपनि मन्त्री लेखक र राजदूत रेले बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

स्थानीयको चर्को नाराबाजीका बीच धनगढीको क्याम्पसचोकमा राजमार्ग उद्घाटन गरिएको छ ।

राजदूत रेलाई एमाले र जनमोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमै कालो झण्डा ओढाएका थिए ।

विरोधमा उत्रिएका एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशीसहित ६ जनालाइ पक्राउ गरेर केही समयपछि छाडिएको प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।