ओलीले शिलान्यास गर्ने भनिएको पुल एकदिन अगाडि नै माओवादी केन्द्रका नेताले शिलान्यास गरे (छापाबाट)


एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट ९ जोड्ने बेतेनी – माँवा – आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेताले शिलान्यास गरेका गरेका छन् ।

आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहै नदिइ उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको हुन् ।
उक्त पुल आफूहरुको पहलमा बनेको झापा ७ का ईन्चार्जसमेत रहेका पुरीले दावी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नै नगरी एमालेले एकलौटी ढंगबाट पुल शिलान्यास गर्न लागेकाले प्रतिकार गर्नुपरेको बताए ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।