ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फरक-फरक विषयका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले मन्त्रीले जिल्ला भ्रमणमा गर्ने खर्चको फेहरिस्त प्रस्तुत गरेको छ । त्यस्तै, पहिलो पटक भारतीय बिजुली नेपालमा आएको र ४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै शव गाडिने गरेको समाचार पनि फ्रन्टपेजमा छापिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले बच्चा बोकेरै दिनभर रिक्सा चलाउने महिलाको कथा, न्याय क्षेत्रमा चर्किएको द्वन्द्व र बिजुली थप सहज हुने समाचारलाई महत्व दिएको छ ।

नागरिक दैनिकले ‘मधेश आन्दोलनको १० वर्षमा मधेशले के पायो ?’ र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा चुनाव टर्दै गएको विश्लेषणत्मक समाचारलाई प्राथमिकता दिएको छ ।

राजधानी दैनिकले संसदमा संविधान कार्यान्वयनसम्बन्धी कानुन प्राथमिकतामा नपरेको, ५५ देशका प्रहरी प्रमुख नेपालमा आएको र जलवायु परिवर्तनका कारण हिउँचितुवा संकटमा परेको समाचारलाई महत्वका साथ छापेको छ ।

कान्तिपुर दैनिकले स्थानीय चुनाव टर्दै गएको र चन्द्रमामा पाइला टेकेका युजिन सर्ननको मृत्यु भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले सुनकाण्ड झन् रहस्यमय बन्दै गएको समाचारलाई महत्व दिएको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री युएईबाट स्वदेश फर्किएको र सूचना तथा सञ्चारमन्त्री राम कार्कीले समयमै चुनाव हुने बताएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
1
2
7
6
5
4
3