रोनाल्डो बने फिफा वर्ष खेलाडी


बार्सिलोना/ रियल म्याड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको उपाधि जितेका छन्। गत महिना मात्र बालोन डि’ओरबाट सम्मानित रोनाल्डोले सोमबार स्विट्जरल्यान्डको ज्युरिचमा फिफा द बेष्ट प्लेयरको अवार्ड जितेका हुन्। चिर प्रतिद्वन्द्वी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी र एट्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोन ग्रेजम्यानलाई पछि पार्दै रोनाल्डोले अवार्ड जित्न सफल बनेका हुन्।

गत महिना फ्रेन्च म्यागजिनले प्रदान गरेको बालोन डि’ओरमा उत्कृष्ट तीन दावेदारको रुपमा रोनाल्डो र मेसीसँगै ग्रेजम्यानको नाम पनि सार्वजनिक भएको थियो। ६ वर्ष फ्रेन्च म्यागजिनको सहकार्यमा फिफाले वर्ष खेलाडीको रुपमा बालोन डि’ओर नै प्रदान गर्दै आइरहेको थियो। तर, यसै वर्ष फिफा र फ्रेन्च म्यागजिनबीचको सहकार्य टुटेपछि फिफाले यस वर्षदेखि पुनः आफैले वर्ष खेलाडी चयन गर्ने निर्णय गरेको थियो।

15875259_1247675505308583_7859913863942305227_oसन् २०१६ मा आफ्नो देशलाई युरो कपको उपाधि र क्लबलाई च्याम्पियन्स लिग जिताएका कारण रोनाल्डोले सर्बाधिक मत ल्याई अवार्ड जितेका छन्। उत्कृष्ट छनौटका लागि फिफामा आवद्ध देशका कप्तान र प्रशिक्षकका,फुटबल पत्रकारका साथै पहिलो पटक अनलाइन भोटिङको व्यवस्था गरिएको थियो भने हरेक विधाको मत २५ प्रतिशत राखिएको फिफाले जनाएको छ।

यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड इङ्लिस क्लब लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रेनारीले जितेका छन्। पोर्चुगललाई २०१६ को उपाधि दिलाउने फर्नान्डो सान्तोष र रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताएका जिनेदिन जिदानलाई पछि पार्दै लेस्टर सिटीका प्रशिक्षक क्लाउडियोले अवार्ड जितेका हुन्।15875074_1247674185308715_646820110920007404_o15874836_1247675015308632_7645654631606045382_o15936959_1247674818641985_5307555599634089845_o15874724_1247674888641978_5905321718577476071_o

screen-shot-2017-01-09-at-21-33-26