आज काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरुले संविधान संशोधन प्रस्तावको बिरोधमा विपक्षी दलले गरेको संसद अवरोध अझै हट्ने संकेत नदेखिएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् ।
आजको कान्तिपुर दैनिकले पाँच दिनको अवधिमा प्रधानमन्त्रीले सहमतिका लागि पहल नगरेका कारण संसद अवरोध हट्न नसकेको समाचारलाई प्रमुद समाचार बनाएको छ । त्यस्तै बिद्यार्थी भर्ना र शुल्कसम्बन्धी अधिकार आइओएमबाट खोस्ने निर्णयको बिरोभमा डाक्टर गोविन्द केसीले पुनः सत्याग्रह गर्नसक्ने समाचारलाई पनि प्रमुख बनाएको छ ।
नागरिक दैनिकले भने अवरोध हटेसंशोधन बिधयेक संसदमा आज टेवल हुने समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै बर्दियामा बाह्रै महिना जंगली हात्तिको त्रास रहेको समाचार पनि फ्रन्टपेजमा छापेको छ ।
नयाँ पत्रिका दैनिकले संसद अवरोध जारी नै रहने समाचारलाई फ्रन्टपेजमा छापेको छ र त्यस्तै काठमाडौं उपत्यकामा दैनिक ५ करोड लिटर पानी चुहावट हुने गरेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।
अन्नपू्र्ण पोस्टले भने संविधान संशोधनको लफडाका अलावा अनुत्पादक कर ६१ अर्व रहेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।