आज काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुले संविधान संशोधनबारे सर्वोच्चले दिएको आदेशसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेको छन् । सर्वोच्च आदालतले सोमबार संविधान संशोधन संसदको अधिकार भएकोले संशोधन प्रक्रिया रोक्न नपर्ने आदेश गरेको थियो ।
यसबाहेक, नयाँ पत्रिका दैनिकले भूकम्पपीडितलाई घर बनाउन सरकारले दिएको ५० हजार रुपियाँ चाडपर्व मनाउँदा सकिएको, गोरखापत्र दैनिकले हेटौंडा- काठमाडौं सुरङ मार्ग निर्माणमा कामै नगरी सम्झौता अवधि सकिएको, नागरिक दैनिकले दलहरुबीच सहमतिका लागि एमालेले चार दिन मागेको, अन्नपूर्ण पोस्ट्ले मन्त्रीहरुलाई सहसचिवले नटेरेको, राजधानी दैनिकले मालपोत कर्मचारी र भूमाफियाको साँठगाँठ भएको, कन्तिपुर दैनिकले जाजरकोटमा सिटामोलसमेत नभएको र नेपाल समाचारपत्र दैनिकले तीन दल वैठकमा चर्काचर्की भएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।