धुर्मुस-सुन्तलीका लागि स्पेनमा २ लाख रुपैयाँ जुट्यो,सहयोग अभियान जारी


बार्सिलोना/ धुर्मुस-सुन्तलीले बनाउँन लागेको तेश्रो एकिकृत नमुना बस्ती निर्माण सहयोगका लागि स्पेनमा २ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटीसकेको छ। प्रबासी नेपाली मञ्च स्पेनको पहलमा रकम संकलन भएको हो। रकम संकलन अभियानका संयोजक हेमन्त रानाभाटका अनुसार हाल सम्म १ हजार ९ सय १२ युरो ( करिव २ लाख २० हजार रुपैयाँ ) संकलन भईसकेको छ। संकलन अभियान एक महिना सम्म जारी राख्ने मञ्चले जनाएको छ।

अँग्रेजी नयाँ बर्ष २०१७ को नेपाली भित्ते पात्रो बिक्री गर्दै मञ्चले रकम संकलन समेत गरेको छ।अभियानका संयोजक रानाभाटले भने,” केहि दिनमा नै दुई लाख रुपैयाँ भन्दा बढी संकलन गर्न सकेका छौ, अझ यस अभियानमा धेरैको साथ र सहयोग रहनेमा हामी विश्वस्त छौ।”

भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरे लगत्तै मञ्चले रकम संकलन गरेर पठाउँने निर्णय गरेको थियो।

मञ्चले यस अघि पनि स्पेनमा रकम संकलन गर्दै म्याग्दी बेग खोलाका बाढी तथा पहिरोपीडित ६४ घर परिवारलाई लाई राहत हस्तान्तरण गरेको थियो।

सहयोग दाताहरुको नामाबली

नाम थरसहयोग रकम (यूरो)
प्रवासी नेपाली मंच (संस्थागत)३१५
दिनेश गुरुङ / ज्योति गुरुङ१५१
हेमन्त / मनिता / आयुष रानाभाट१०३
पुष्प राज तिमिल्सिना१०१
तारानाथ डल्लाकोटी१०१
लक्ष्मण शर्मा / हिमाल शर्मा७१
छिरिङ लामा६०
हेम शेर्पा / पेम्बा शेर्पा५५
मुक्त बहादुर गुरुङ५१
दीपक खरेल५१
ओमर बहादुर गुरुङ५१
गौतम गुरुङ५१
राजु गुरुङ५१
ईमान गुरुङ५१
सन्तोष श्रेष्ठ५१
सुनिल रानाभाट५१
प्रकाश पाण्डे५१
बसन्त रानाभाट / संजिता पौडेल४०
प्रकाश भट्टराई२५
बल कार्की२१
दीपक कोइराला२१
सिता सिंह महर्जन२१
सरला सापकोटा२१
हेम पाण्डे२०
दिनेश राज रेग्मी२०
अनन्त लामिछाने२०
दिनेश भट्ट२०
रामु चालिसे२०
दीपू / दीपा गुरुङ२०
इन्द्र शर्मा२०
स्वागतम रानाभाट (दिपेन्द्र)२०
कमल थापा२०
तिजेंद्र गुरुङ११
कविता गुरुङ१०
बिष्णु रानाभाट१०
युवराज गुरुङ१०
सारा राई१०
दावा ऋषि श्रेष्ठ१०
हेमन सिंह गुरुङ१०
बिनिता खनाल१०
चन्द्र कंडेल१०
संजीव गुरुङ१०
नरेन्द्र थापा१०
बेलकाजी गुरुङ१०
अमर गुरुङ१०
ताल बहादुर गुरुङ
सुन्दर गुरुङ
इशावेल
अनिता गुरुङ
कमला गुरुङ
पोपेंद्र गुरुङ
सिर्जना महर्जन
जम्मा१,९१२  यूरो