कोपनहेगन। प्रवासी नेपाली मंच डेनमार्कको चौथो अधिवेशन हुने भएको छ। मंचको हालै बसेको बैठकले विभिन्न निर्णय गर्दै मंचको चौथो अधिवेशन आउँदो वर्ष मार्च महिनामा गर्ने निर्णय गरेको हो। तेस्रो कार्यसमितिलाई पुनर्गठन गर्दै चौथो अधिबेशन आयोजक समितिको रुपमा रूपान्तरित समेत गरेको छ।
निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए अनुसार विधानतः समितिको कार्यकाल दुइ वर्षको हुने भएकोले समयमा अधिवेशन गर्न सम्भव नभएको खण्डमा समिति पुनर्गठन गर्दै नयाँ मिती तोक्नु पर्ने भएकोले पुनर्गठन गरिएको बताए। उनले बताए अनुसार विधानतः सन २०१७ को जनवरी पहिलो हप्ता अधिवेशन भैसक्नु पर्ने थियो तर विविध कारणवस गर्न नसकिएकोले समिति पुनर्गठन गरिएको हो।
बैठकले निवर्तमान उपाध्यक्ष सुसील घिमिरेको संयोजकत्वमा पुनर्गठित समितिले मंचका नियमित कार्यको साथसाथै चौथो राष्ट्रिय अधिबेशन आयोजनार्थ आवस्यक संपूर्ण तैयारी पनि गर्ने निवर्तमान महासचिव दीपक पाण्डेयले जानकारी दिएका छन। चौथो अधिवेशनलाइ भव्य बनाउनको लागि आयोजक समितिमा निवर्तमान कार्यसमितिमा रहेका अधिकांस ब्यक्तिहरु सदस्यको रुपमा रहेका छन भने केहि सदस्य पछि थप गरिनेछ पनि पाण्डेयले जानकारी दिए।
समितिको सचिवको जिम्मेवारी निवर्तमान महासचिव दीपक पाण्डेयलाई दिइएको छ। साथसाथै आयोजक समितिलाई आवस्यक सल्लाह र सहयोगको लागि एक सल्लाहकार समिति समेत गठन गरिएको र अधिबेशन आयोजक समितिको बैठक छिटै बसी आवस्यक उपसमितिहरु गठन गर्नुका साथै तयारीका अन्य योजनाहरु निर्माण गर्नेछ।
यसैगरी बैठकले केहि समयदेखि अस्वस्थ भै उपचार गराइरहनुभएका यसै मंचका निवर्तमान उपाध्यक्ष श्री विष्णुप्रसाद पौडेलको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ।