सन् २०२५ भित्रै नेपाल लगायत १६ मुलुक अल्पविकसित समूहबाट स्तरोन्नति भई विकासशील समूहमा पुग्ने संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।
संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनले सार्वजनिक गरेको अल्पविकसित मुलुकको प्रतिवेदन अनुसार नेपाल सन् २०२५ भित्र ती मध्ये २ सूचकको आधारमा स्तरोन्नति भई विकासशील राष्ट्रको समूहमा उक्लिन सक्ने देखिएको हो।
नेपालले आर्थिक जोखिम सूचक र मानव सम्मत्ति सूचकको लक्ष्य पुरा गरेकाले स्तरोन्नति हुन लागेको पनि प्रतिवेदनले जनाएको छ।