नेपालीनेपाली डटकम सम्वादाता
लस एन्जलस, अमेरिका । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतीमा निर्वाचीत भएलगत्तै केहि राज्यहरुमा विरोध प्रदर्धन शुरु भएको छ । हिलारीको क्लिन्टनको हार र डोनाल्ड ट्रम्पको अप्रत्यासित जीतपछि अमेरिकामा विरोधको लहर चलेको छ । विरोध प्रदर्शनमा धेरै युवाहरु सहभागी छन् । विरोध प्रदर्शनमा कहाँ के भैरहेको छ :
– लस एन्जलसमा ठुलो राजमार्गमा अवरोध खडा गरिएको छ त्यहाँ हरारौंको संख्यामा प्रदर्शनकारीहरु उपस्थित छन् । प्रहरी तैनाथ भए पनि प्रहरीले केहि गर्न सकेको छैन । प्रदर्शनकारीहरुले डोनाल्ड ट्रम्प मेरो राष्ट्रपती होइन भन्ने नारा लगाएका छन् ।
– न्यु योर्क शहरमा डोनाल्ड ट्रम्पको पुत्ला जलाइएको छ ।
– पोर्टल्यांडमा दशौँ हजार प्रदर्शनमा सहभागी छन् ।
– शिकागो शहरमा दशौँहजार प्रदर्शनकारीहरु सहभागी बनेका छन् ।
– सान फ्रान्सिस्कोमा बजारको मुख्य केन्द्रमा दशौँ हजारौं प्रदर्शनकारीहरु सहभागी बन्दै सडक अवरुद्ध गरेका छन् ।
– एटलान्टामा पनि प्रदर्शन शुरु भएको छ ।
– बोस्टनमा पनि प्रदर्शन शुरु भएको ।
– क्यालिफोर्नियाको ओकल्याण्डमा बीच सडकमा आगो बालेर दशौँ हजारले विरोध जनाइरहेका छन् ।
यसले गर्दा डोनाल्ड ट्रम्पले जिते पश्चात गर्ने भनिएको विजयी र्याली र उक्त र्यालीलाइ सम्बोधन गर्ने कार्यक्रम अन्यौल बन्ने देखिन्छ ।
तस्वीर स्रोत: सिसिएन.