बसपार्कमा भ्यु टावर निर्माण अलपत्र (छापाबाट)


राजधानीकोपुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टवर’ बनाउने योजना अलपत्र परेको छ ।स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावितबनेको हो ।

नेपाली कांग्रेसका सांसद भीमसेनदासप्रधानको नेतृत्वमा राजनीतिक दलले अवरोध गरेपछि ठेकेदार कम्पनीले भ्यु टावरनिर्माणको काम अघि बढाउन सकेको छैन । भ्यु टावर निर्माणका लागि निर्माणकम्पनीले काठमाडौं महानगरपालिकाबाट साउनमै कार्यादेश लिइसके पनि काम अघिबढाउन नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । उनलेभने, ‘भ्यू टावर निर्माणको काम अघि बढ्न नसक्नुमा राजनीतिक दल र स्थानीयबासिन्दाको अवरोध कारण देखिन्छ । निर्माण कम्पनीको पनि केही कमजोरी छ ।’

सांसद प्रधान भ्यू टावर निर्माण रोक्न सक्रिय
काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का सांसद भीमसेनदास प्रधानको नेतृत्वमाबसपार्कमा भ्यू टावर बन्न नदिन राजनीतिक लबिङ सुरु भएको हो । सांसदप्रधानले भ्यू टावर निर्माण रोक्न काठमाडौं निर्वाचन क्षेत्रका सबैसांसदसँग छलफल चलाइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसदप्रधानकै नेतृत्वमा एक डेलिगेसनसमेत गइसकेको छ । उनीहरूले सहरीविकासमन्त्री अर्जुननरसिंह केसीसँग पनि भेट गरेर भ्यू टावर निर्माणको कामरोक्नुपर्ने माग गरेका छन् । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतरुद्रसिंह तामाङलाई भेटेरै उनीहरूले भ्यू टावर निर्माण तत्काल रोक्नज्ञापनपत्र बुझाएका छन् ।

प्रधानसहितको टोलीले भ्यू टावर निर्माणरोक्न ज्ञापनपत्र बुझाएको महानगरपालिकाका कार्यकारी अधिकृत तामाङले बताए । ‘उहाँहरूले बसपार्कलाई अहिलेकै अवस्थामा छोड्न भन्नुभएको छ । तर, उहाँहरूलेकिन यस्तो माग गर्नुभएको हो, बुझ्न सकिएको छैन,’ तामाङले भने । आजको नयाँ पत्रिकामा खबर छ ।