एनआरएनए स्पेनका सचिव सापकोटालाई पितृ शोक


बार्सिलोना, गैर आवासीय नेपाली संघ स्पेनका सचिव राम प्रसाद सापकोटा ‘बिराज’ लाई पितृ शोक परेको छ।

नेपालको धादिंग घर भइ हाल स्पेनको बार्सिलोनामा बस्दै आएका बिराजका पिता गोबिन्द प्रसाद सापकोटाको ९३ बर्षको उमेरमा शुक्रबार आफ्नै घरमा निधन भएको हो।

बार्सिलोनामा संचालित नेपाली रेस्टुरेन्ट ‘हिमाली’ को संचालक समेत रहेका बिराज आफ्नी श्रीमती, भाइ सुर्य सापकोटा ‘धिरज’ र बुहारी सहित बार्सिलोना बस्दै आएका छन्।