शालिक गौतम/ नेदरल्याण्ड्स
नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी मंगलबार आमस्ट्राडामको यान फान गाल स्ट्रीटमा मा हुने अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको हो। अधिवेसनलाई सम्बोधन गर्नका लागि नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महत आमस्ट्राडाम आउँने भएका छन्। परराष्ट्रमन्त्री डा. महत संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर फर्कने क्रममा युरोप आउँन लागेका हुन्। यस्तै अधिबेशनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डेले पनि सम्बोधन गर्ने समितिले जनाएको छ।
अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको साथै विभिन्न देशहरुबाट उल्लेख्य रुपमा अतिथीहरु उपस्थिती रहने समितिका अध्यक्ष दिपक रेग्मीले जानकारी दिए। युरोप लगायत बिभिन्न जनसम्पर्क समितिहरुलाई आतिथ्यतका लागि निमन्त्रणा गरिएको रेग्मीले बताए। विषेश गरी युरोपेली महादेशमा रहेका सवै जनसम्पर्क समितिहरु, नेदरल्याण्ड्स स्थित संघ संस्थाका प्रतिनिधिहरु उद्घाटन सत्रमा उपस्थित हुने बिश्वास महामन्त्री उत्तम कंडेलले लिएका छन्। नेदरल्याण्ड्सको आगामी नेतृत्व सर्वसम्मतीमा चयन हुने र संगठनको वृहत्तर हितका लागि एकढिक्का भएर अगाडि बढ्ने सहमति भएको निर्वाचन समितिका संयोजक नारायण आर्चायले प्रतिकृया दिएका छन् ।