बाढी पहिरो पिडितका लागि स्पेनमा करिब २ लाख रुपैयाँ संकलन


बार्सिलोना/ चाहे भूकम्प जादा होस् वा कुनै पनि कुनै पनि परोपकारी कामका लागि होस् सधैँ सहयोग गर्न अग्रसर हुने स्पेनका सहयोगी मनहरुले बाढीपहिरो पिडितको लागि पनि रकम संकलन गरेका छन्। बाढीपहिरोबाट प्रभावित म्याग्दी जिल्लाको बेगखोला गाबिसमा सहयोग पुर्याउँने उदेश्य अनुरुप स्पेनमा करिब २ लाख रुपैयाँ (१ हजार ७ सय २२ युरो) संकलन भएको छ। प्रबासी नेपाली मञ्च स्पेनको पहलमा भएको सहयोग संकलन अभियानमा स्पेनबासी नेपालीहरुले खुलेर सहयोग गरेका छन्।

मञ्चले गत सोमबार सम्पन्न तीज बिशेष कार्यक्रमको टिकट बिक्रीबाट पनि ५ सय युरो बचत गर्न सफल भएको छ। प्रत्येक टिकट बिक्रिबाट २ युरो मञ्चले बाढी पहिरो पिडित सहयोगार्थ छुट्टाएको थियो।मञ्चका अध्यक्ष दिनेश गुरुङले सहयोग अभियान अझै केहिँ दिन सम्म जारी राख्ने बताएका छन्।

युरोपमा निकै सक्रिय रहेको स्पेनको नेपाली समुदायले मुलुकका लागि बिभिन्न समयखण्डमा सहयोग गर्दै आएको छ। अविरल बर्षा पछि मुलुकमा केहि ठाउँहरु बाढी पहिरोले प्रभावित भएको घटना लगत्तै स्पेनमा रकम संकलन अभियान सुरु भएको छ।

हाल सम्म सहयोग गर्ने सहयोग दाताहरुको नामावली  

 

प्रवासीनेपाली मञ्च  स्पेन (टिकटबाट ) ५०१
दिनेश गुरुङ ज्योति गुरुङ११०
पुष्प राज तिमिल्सिना१०५
होम रोक्का / मोना युके७०
दीपक खरेल५१
शालिकराम डुम्रे ५१
गंगा प्रसाद भुसाल५१
दिनेश कुमार गिरी५१
रमेश प्रसाद निरौला५१
दीपक क्षेत्री५१
एकराज गिरी ५१
मुक्त बहादुर गुरुङ५०
स्याङ्जा  सहयोग समाज५०
गौतम गुरुङ३१
बसन्ती गुरुङ३१
राज ढकाल उमराज३१
रामु चालिसे२१
सिता सिंह २१
सरला सापकोटा२१
सुनिल रेग्मी / ऋतु ढुंगानारेग्मी२१
लक्ष्मण शर्मा२१
सन्तोष श्रेष्ठ२१
राम प्रसाद सापकोटा “बिराज”२१
दावा ऋषि श्रेष्ठ२१
बिजय शर्मा दर्पण२०
हिमाल शर्मा२०
बिकास तिमिल्सिना२०
हेम पाण्डे२०
बिष्णु रिजाल१५
सन्दिप भट्टराई१५
अर्जुन आचार्य१५
अनन्त लामिछाने /कृष्णालामिछाने१२
इन्द्र शर्मा १०
बिदुर गौतम१०
हिरालाल सापकोटा डायमण्ड १०
कास्की सेबा समाज, स्पेन                         ५१
जम्मा        १,७२२  युरो