पोखरा । पोखरा ९ नयाँवजार, दरबारथोकस्थित ईनोभेटिभ डेभलपमेन्ट एजुकेसन एकेडेमी (आईडिया) ले स्थापनाको ३२ औं वर्ष पुरा भएको अवसरमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सब मनायो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एकेडेमीका संस्थापक निर्देशक डा. रमेशचन्द्र देवकोटाले शिक्षणमा कहिले काँही कोशिश गर्दा गर्दै पनि सोचे जस्तो नहुन सक्छ त हरेस खान नहुने बताए । १९ औं ब्याचका विद्यार्थीहरु सत्प्रतिशत विशिष्ट श्रेणीमा सफल भएकोमा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका थिए ।
सोही वार्षिकोत्सवको अवसरमा २० औं ब्याचमा अध्ययनरत विद्यार्थीहरुले १९ औं व्याचका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी विदाई गरेका थिए । विदाई भएर जान लागेका ४० जना विद्यार्थीहरुलाई एकेडेमीका संस्थापक संचालक डा. देवकोटाले प्रोत्साहन स्वरुप जनही पाँच सय नगद प्रदान गरेका थिए ।
कार्यक्रममा एकेडेमीकी सल्लाहकार सिम्ला कुँवर देवकोटा, प्रिन्सिपल सुबिना आचार्य, निमित्त निर्देशक गोपाल बसेल, शिक्षिका निर्मला शर्मा, १८ औं ब्याचकी पुर्व विद्यार्थी सुजिना गुरुङ, १९ औं ब्याचकी विद्यार्थी बिनिसा थापामगरले आप्mनो अनुभव व्यक्त गर्नुका साथै अध्ययनरत एवं नयाँ विद्यार्थीहरुलाई कुनै पनि वेला आवश्यक सहयोग गर्न तत्पर रहेको वताएका थिए ।
१८ औं व्याचबाट सिटिईभिटीको अन्तिम परिक्षा २०७१ मा सहभागी भई प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सुजिना गुरुङ, बिमला पुन र होमकुमारी घर्तीमगर साथै २०७२ मा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः बिनिशा थापामगर, टीकाकुमारी क्षेत्री र सृजना पौडेललाई क्रमशः पाँच हजार, तिन हजार र दुई हजार नगद पुरस्कार, प्रमाण पत्र सहित खादाले सम्मान गरिएको थियो ।
१९ औं व्याचका विद्यार्थीहरुको तर्फबाट सुमिरा श्रेष्ठले एकेडेमीका संस्थापक संचालक डा. रमेशचन्द्र देवकोटालाई मायाको चिनो प्रदान गरेकी थिईन ।
साथै एकेडेमीले लिएको आन्तरिक परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सृष्टि गुरुङ, वर्षा राकसकोटी र वर्षा लिम्बुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो भने लामो समयदेखि एकेडेमीमा अध्यापन गर्दै आउनु भएकी शिक्षिका निर्मला शर्मालाई नगद पाँच हजारद्वारा प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो ।
विद्यार्थी बिनिता लावतीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन करुणा राईले र स्वागत दिपा न्यौपानेले गरेका थिए भने मनिषा श्रेष्ठ, सृष्टि गुरुङ, सबिना सुहानलगाएतले साँस्कृतिक प्रस्तुतीहरु देखाएका थिए ।






बधाइ छ Idea खै हामिलाइ त थाहा पनि भयन। उत्तर उत्तर प्रगतिको कामना।
Comments are closed.