पोखरा । नेकपा माओवादी बिप्लब समुहको बन्दको कारण पोखरामा पनि सर्बसाधारणलाई सास्ती भएको छ ।
पोखरामा फाट्टफुट्ट मोटरसाइकल चलेका भएतापनी कुनै पनि सार्बजनिक सवारीका साधन चलेका छैनन् । कलकारखाना, पसल, बन्द छन् । बन्दकर्ता कतै नदेखिएको भएपनी सुरक्षाको लागि चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।
देशका विभिन्न स्थानमा बसोबास गरिरहेका लाखौं सुकुम्बासी माथि राज्यले आतंक मच्चाएको भन्दै नेपाल बन्द गर्नुपरेको लेखिएको पर्चा दुई दिन अगाडि देखि पोखरा का मुख्य स्थानमा बितरण गरेको थियो ।
बन्द बिहान ५ बजेबाट बेलुका ५ बजेसम्म हुने स्थानीय नेताहरूले बताए ।