युइएफएको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम १० खेलाडीको मनोनयन सार्वजनिक भएको छ। युइएफएले सार्वजनिक गरेको अन्तिम १० खेलाडीको मनोनयन सूचीमा युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पोर्चुगल तथा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र फ्रान्स तथा एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान परेका छन्।
यस्तै गत वर्षका युरोकको उत्कृष्ट खेलाडीको अवार्ड जितेका बार्सिलानाका लियोनल मेसी यस वर्ष पनि परेका छन्। रोनाल्डोले पोर्चुललाई केहीदिन अघि मात्रै युरो कप २०१६ को उपाधि जिताएका थिए भने त्यसअघि रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका थिए।
ग्रिजम्यान युरो कप फुटबल २०१६ को संस्करका गोल्डेन बुट बिजेता हुन्। उनले युरो कप फुटबलमा ६ गोल गरेका थिए भने फ्रान्सलाई युरोकपको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस्तै वेल्स तथा रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल र अघिल्लो वर्षका युरोप अवार्ड विजेता मेसी पनि १० खेलाडीको सूचीमा अटाएका छन्।
लिसेस्टर सिटीलाई प्रिमियर लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रियाद महरेज, जेमी भर्डी र कान्टे भने युइएफएको १० खेलाडीको सूचीमा अटाउन सकेनन्।
युइएफएले सार्वजनिक गरेको अन्तिम १० खेलाडीको मनोनयनको सूचीमा इटालीका वुफोन, जर्मनीका टोनी क्रुस, थोमस मुलर र मेनुएल नियुर, पोर्चुगल तथा रियल मड्रिडका पेपे र उरुग्वे तथा बार्सिलोनाका खेलाडी लुइस स्वारेज पनि परेका छन्।
१० खेलाडीमध्ये धैरै मत पाउने शीर्ष तीन खेलाडीको सूची आउँदो अगष्ट ५ तारिखमा सार्वजनिक गरिने छ भने विजेताको घोषणा अगष्ट २५ तारिखमा गरिने छ।






thanks for information”””
Comments are closed.