युरोपमा पत्रकार पाण्डेयलाई ज्यान मार्ने धम्की,जीवन रक्षाको माग


बार्सिलोना/  युरोपबाट कलम चलाईरहेका पत्रकार गणेश पाण्डेयलाई ज्यान मार्ने धम्की आएको छ। समाचार लेखेकै भरमा आँफूलाई ज्यान मार्ने धम्की आएको पत्रकार पाण्डेयले बताएका छन्। सन् २००८ मा बेलायतमा उच्च शिक्षाका लागि युरोप आएका पाण्डेय हाल भने पोर्चुगलमा बस्दै आएका छन्।

लामो समयदेखि नेपाली पत्रकारितामा संलग्न उनि हिमालयन टिभी, एभिन्युज टिभी, र बेलायत रहँदा लामो समय नेपाली टिभी युरोप र पछिल्लो समयमा न्यूज २४ नेपाल टिभीमा युरोप को-अर्डिनेटर तथा अन्तरास्ट्रिय सम्बाददाताको रुपमा कार्यरत रहेका छन्।

पाण्डेयले घटना बारे खुलाउँदै भनेका छन्,”समाचार लेखेकै भरमा युरोपमा म माथि पटक -पटक धम्कीहरु आए। तर पनि मैले आफ्नो कलमलाई रोकिन,यसै  साता फेरि म माथि आक्रमण गर्ने प्रयास समेत भयो। एनआरएनए पोर्तुगलका उपाध्यक्ष सुनिल संगम र उनका केहि साथीहरुले यस्तो प्रयास गरेका हुन्।”unnamed-36मध्यराति आँफू काम गरिरहेको ठाउँमा आएर ज्यान मार्ने सम्मको धम्कि दिएको पाण्डेय बताउँछन्। आँफूलाई मात्र नभई नेपालमा रहेको घर र परिवारको बारेमा सबै जानकारी लिईसकेको र सबैलाई सखाप पारिदिने धम्कि आएको बताउँदै उनले भने,” शान्त भएर बार्ता गर्ने कोशिस गर्दा गर्दै पनि यस्तो धम्की दिएका छन्।”

पत्रकार पाण्डेले घटनालाई गंभिर रुपमा लिएर दोषी माथि कडा कारबाहीको माग गरेका छन्। आँफू र आफ्नो  परिवारलाई ज्यान लिने धम्कि आएको हुँदा जीवन रक्षाका लागि उचित कदम चाल्न सरोकारवलालाई अनुरोध समेत गरेका छन्।

यसरी दिए धम्की अडियो सुन्नुहोस् :-

5 COMMENTS

  1. I feel sadded the querrels amongs the nepalis almost everywhere. Helas, we could not live like an European althought we are in Europe. We brought with us the nepalese manner , may be better in culture and economics but we brought poltics which is not necessary staying abroad.
    Most conflites occured concernig the journalism.
    In this case , I request to not touch the NRNA . It seems the personal affaires. So that pl, remove , NRNA’s logo .
    Request everybody to live with social harmony and brotherhood-sisterhood.

  2. अक्षरकाे सहायताले देशमा परिबर्तन गर्न सहयाेग पुराउने पत्रकारहरु मध्येका एक हाेनहार पत्रकार माथी भएकाे घटना खेदपुर्ण छ । हामी सु ,प बासी हाैँ । जसरी बिकटमा बस्छाै ।बीकट सँग लडछाैँ पनि ।

  3. गणेस पाण्डे जी को यो हर्कत ले पत्रकार लाइ दिने मानसम्मान बेकार लाग्यो मलाई. आफु ५०% को साहु हुन् तो Restaurant मा भन्ने सुनिन्छ. या काम नै गर्ने व्यक्ति किन न हुन्, Restaurant मा आएर एदी कसैले न पिए Restaurant कसरी चल्छ ? हाम्रो पनि Restaurant छ. कस्टमर ले पिएर पुलिस नै बोलाउछन् तै पनि बिना गल्ति हामीले Sorry भन्नु पर्छ . तेसैले येस्ता नसा मा बोलेका कुरा रेकर्ड गर्ने तो पनि उनीहरुलाई थाहा न दि कन, how funny………..एउटा लाटो ले पनि बुझ्ने कुरा आफुले रेकर्ड गर्ने ले त सर सर भनेर बोल्ने भो नि….एदी गणेस सर ले रेकर्ड गरेका छन् भन्ने थाहा भए सुनिल संगम अनि श्याम दाई ले पनि सर सर भन्थे….व्यक्ति गत कुरा Time pass लाई लिएर NRN को बदनाम गर्नु उचित होइन. माखा न मार्ने श्याम दाई ले मान्छे मार्छन भनि नेपाल सम्म पुर्याउने खुब ठुलो काम गरि भन्नु होला…आफुलाइ समाज र देस मा चिनाउने रहर छ भने कुनै राम्रा काम गर्नु येस्ता पत्रकार मै दाग लाग्ने काम नगर्नुस……..पिएको बेला त अनपढ ले पनि English बोल्छ…!! 🙂

Comments are closed.