बार्सिलोना / प्राय ; विदेश छिरेका सबै नेपालीहरुको सपना धेरै कमाउँने नै रहेको हुन्छ। अझ युरोप छिरेमा धेरै कमाउँन सकिएला भन्ने सपना बुन्नेहरुको जमात ठुलै छ। तर सपना देख्दा देख्दै विदेशमा नै प्राण गुमाउने धेरै नेपालीहरुको पनि कमी छैन।
यस्तैमा, मे २६ तारिख पोर्चुगलमा उपाचारका क्रममा एक नेपालीले ज्यान गुमाएका छन्। नुवाकोट स्थायी घर भएका जनकलाल श्रेष्ठले अन्तिम अबस्थामा आफ्नो परिबारलाई त देख्न पाएनन्। तर परिबारले उनको शबलाई, देख्न पनि करिब दुई साता लाग्ने भयो।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगल लगायत संघ संस्था र नेपाली समुदायको पहलमा श्रेष्ठको शब जुन १० तारिख नेपाली समय अनुसार बिहान ६ बजेर १० मिनेट जाँदा काठमाडौ पुग्दैछ। मे २६ तारिख निधन भए पनि श्रेष्ठको शबलाई कानुनी प्रकिया पुरा गरेर नेपाल पठाउँदा ढिलो भएको हो।
बिगत १ बर्ष देखि पोर्चुगलको तोरेस भेर्देसमा बसोबास गर्दै आएका श्रेष्ठ कलेजो संक्रमणको रोगबाट पिडित थिए। लिस्बन स्थित करि काब्राल अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको थियो।