– कृष्ण प्रसाद रेग्मी,बेल्जियम
युरोप , अमेरिका , अष्ट्रेलिया , जापान अथवा यस्तै अन्य मूलुकमा रहेका नेपालीहरूले हिजो अाज अात्महत्या गरेका समाचारहरू अाइरहेका छन । यस्तो सुनौलो जीवन किन अकालमै फाल्छन मानिसहरू वुझेर वुझ्नै नसकिने , खास गरी वेल्जियममा यस्ता घटनाहरू लगभग अाधा दर्जन जति पुगिसके । मानिसक तनाव वा इच्छाहरू पुरा नहुनु नै यसका प्रमुख कारणहरू हुन जुन समयान्तरले वताइरहेको छ ।
सावधानी अपनाउनुहोस,यो सुन्दर जीवन क्षणभरको लहडले खत्तम त हुन्छ नै तपाइको सानो असावधानीले तपाइसंग अाश्रित परिवार , समाजले पुरै अनाहकमा झमेला वेहर्नु पर्दछ ।
जस्तो कि सामान्यतया देखिएका तनावहरू :-
परिवारमा श्रीमान /श्रीमती समस्या छ , समाधान खोज्नुहोस , अापसमा मिलान विन्दु पहिलाउनुहोस , संझाैता गर्नुहोस, अात्मसन्तुष्टी हुने गरि संझाैता गर्नुहोस तर सम्भव छैन भने वैकल्पिक उपायहरू प्रसस्त छन ।कानूनको साहारा लिनुहोस । प्रहरि प्रशासन सम्म पुग्नु होस ।
सजिलै तवरवाट हासी खुशी अलग अलग जीवन जिउन सकिने उपायहरू छन । लडाइ , झगडा वा मारामारी गर्नु वा दिनहुँ कलह गरेर एक अर्कासंग परनिर्भर भएर वसिरहनु अावस्यक नै छैन , अहो छुट्टिएर वस्दा अरूले केही भन्लाकी भन्ने टेन्सन होला । जव तपाइको जीवन साथी नै तपाइसंग हुदैन भने अर्काले के भन्ला भनेर किन टेन्सन लिने ? त्यसैले
मनमा अशान्ति वा अमन चैन छ भने अाफ्ना सवै भन्दा नजिकको व्यक्तिसंग नियमति शेयर गर्नुहोस् ।
जिन्दगीमा दुख गर्दा गर्दा केही जोड्न सकिएन , कमाउन सकिएन , अरूले ठूला घर वा राम्रा गाडी चढे अाफ्नो केही भएन भन्ने लागि रहेको छ भने अाफु भन्दा तल दुख गरेका , दुख पाएकालाइ हेर्नुहोस । हरेश नखानुहोस । तपाइ नेपाल छोड्दा दुइ चार लाख ऋृणमा हुनुहुन्थ्यो होला त्यो अवस्य तिर सक्नु भएको छ । तिर्नु भएको छैन भने एक दिन अवस्य तिर्ने हैसियतमा हुनुहुन्छ ।
करोडाै कमाउछु भन्ने अविलाषा हुदा हुदै पनि सकिरहनु भएको छैन यो स्वभाविक हो । सवैले करोडाै कमाउदैन र सकिदैन पनि । तपाइसंग जति छ , तपाइले जति मेहनत गर्न सक्नु हुन्छ र जति वचत गर्न सक्नुहुन्छ त्यो तपाइको हो । वाँकी सवैको हकदार अरू नै हुन ।
ढुकुटी डुव्यो वा अरूले खाइदियो के गर्ने ?
वेल्जियममा यस्तो समस्याहरू पनि छन । त्यसकारण सकिन्छ यो खेल्दै नखेल्ने । सकिदैन र खेलिएको छ डुव्यो के गर्ने ? सवै ढुकुटी खेल्नेहरूसंग जम्मा गरेर समाधानको उपाय निकाल्ने । त्यति गर्दा पनि उपाय लागेन भने प्रहरी प्रशासनको सहायता लिने । ढुकुटी खेलाउने र खाएर नतिर्नेको नाम र फोटो फेसवुकमा हाल्दिने । सभ्य भाषा प्रयोग गर्ने । ताकी फेरि जालझेलमा अाफु नपरियोस ।
व्यवसाय डुव्यो के गर्ने ?
युरोपमा व्यवसाय संचालन गर्न समय , दिमाग र लगनशिलता र धैर्यता सवै चाहिन्छ । सवैको चाहाना हुन्छ व्यवसाय संचालन गर्ने , मालिक वन्ने र टन्न धन कमाउने तर यो चाहाना सवैको पुरा हुदैन ।
मेहनत गर्नुस , पसिना वगाउनुस प्रयास गर्नुस , अझै प्रयास गर्नुस गर्दा गर्दै केही उपाय लागेन भने नियमित काममा फर्कनुस । वैकवाट कारोवार गर्नुस , नीजि कारोवार नगर्नुस । वैकले तपाइको घर खेत एकै पटक खादैन , तपाइको हैसियत अनुसार महिना पिच्छै थोरै थोरै ऋृण तिरे पनि पाउनु हुन्छ ।
सके सम्म अाफन्तवाट पैसा सापटी लिदै नलिनुस , सकिदैन भने लिनै परे सकेको वेलामा तिर्छु भन्ने कवुल गराएर मात्र लिनुस । ताकि तपाइलाइ अाफन्तले दुखमा झनै अप्ठेरो नपारोस , तपाइ लाइ थाहा छ नी धेरै अाफन्तहरू तपाइको सुखमा मात्र हुन्छन दुखमा खाइस खुच्चिङ भन्ने वढी हुन्छन । यसरी यति नै वुझ्नुस । तडक भडक जीवन नजिउनुस ।
फजुल खर्चवाट जोगिनुहोस :-
वल्लाघर पल्लाघरका दिदि वहिनीहरूको विदेशमा खुवै प्रतिष्प्रर्धा हुन्छ हिजो अाज फेसवुकमा तडक र भडक , गहना पर्दशनी , भोज , पार्टी , विना सित्तैका कार्यक्रमहरूमा फजुल खर्चवाट जोगिनुहोस ।
युरोपका महिलाहरू हामी भन्दा पढेका , जानेका वुझेका छन तिनीहरूको जीवन शैली हेर्नुहोस , राम्रो कुराको सिको गर्नुहोस । पल्लाघरीको माइलीको सिको सिकेर तपाइले वाँकी जीवन वर्वादी तिर नलैजानुहोस । गरगहना र तडक भडकले महिलाको अाकर्षण वृद्दी गर्दैन यि महिलाका लागि मनोविकृत गराउने र इर्षा वढाउने साधनहरू हुन । यिनीहरूको प्रयोग जति कम गर्न सक्यो त्यो तपाइको लागि फाइदाजनक छ ।
नाना थरीका पार्टी , भोज भतेर गरेर खर्च वढाउनु भन्दा भोज भतेर र पार्टी गर्ने अार्थिक रकम नेपालमा कुनै राम्रो काम गरिरहेका संघ सस्था वा व्यक्तिलाइ पठाउनुहोस त्यसले तपाइलाइ जीवन जीउनुको महत्व वताउछ । त्यस्तो त , सामाजिक संजालहरूमा पुराना स्मरणहरू ताजा भैदिदा धेरै समस्या देखिएका छन ।
मानिसहरूमा जव समय हुन्छ , धन अलि अलि हुन्छ मानिसले सदैव अाफ्नो अतित विर्सदैन , म को थिए त विर्सन्छ नै तर मसंग को थियो विर्सदैन । जीवनका मोडमा केटा होस वा केटी विवाह पूर्वका साथीहरूको सझना फेसवुक र ट्वीटरका सर्च इन्जिनहरूमा परिहाल्छन र पुराना अतितहरू भेटिन्छन । सुन्दर कल्पनाका संसारहरू पाैडिएका हुन्छन । होला विवाहले त्यो वन्धन तोडेको होस तर सामाजिक संजालहरूले यो वन्धनलाइ तोडिदिएको घटना प्रशस्त छन हाम्रा वरपर ।
पुराना मायाका टुसाहरू सामाजिक संजालहरूले फर्क्रिन मद्दत गरिदिएको हुन्छ । यो अहिले नेपाली समाजमा ठूलो समस्या वनेको छ । त्यसकारण तपाइले सामाजिक संजालमा यो प्रयास गरिरहनु भएको छ भने तपाइको जीवनमा मान्नुस ठूलो भूल गर्दै हुनुहुन्छ यसो नगर्नुहोला । विगतलाइ विगतमा छोडिदिनुहोस् । तपाइ वर्तमान संसारमा हुनुहुन्छ । विगतलाइ वचाइराख्ने प्रयास गर्दा तपाइ र तपाइको परिवारमा रडाको मच्चिन सक्छ र अन्तत यो विषाशु एेजुरू वन्न सक्छ ।
अाजैवाट यस्ता लुकी छिपी गरिने पुराना सम्वन्धका सम्वादहरू वन्द गरिहाल्नुस ताकी तपाइको जीवन सहजरूपमा अगाडी वढोस । नत्र पछुताउनु त छदै छ परिणाम भयानक पनि वन्न सक्छ ।
सन्तान प्रतिको चिन्ता…
मानिसहरू सवै भन्छन युरोप् अमेरिका छोरा छोरीको भविष्यका लागि हिडेको वा वसेको । हो पनि तपाइ हामीले दुखका पर्खाल चढेर पनि छोरा छोरीका लागि यो दुख नपरोस भन्ने नै हो । युरोप् अमेरिकाको कागज वनाउनु त्यति सहज कहाँ भए होलान र है ?
तर हाम्रा छोरा छोरीलाइ यो सव केही गर्नु छैन , अवसर अवसर अवसर जता त्यतै , साना भए नावालिक भए अाढ भरोषा र हाैषला दिनुस ठूला भए पछि उनीहरूको जीवन उनीहरूले नै जान्दछन चिन्ता नलिनुस । सवैका छोरा छोरी डाक्टर इन्जिनियर वन्दैनन जुन क्षेत्रमा जे चाहान्छन त्यहि गर्न दिनुस जेमा खुशी हुन्छन छोडिदिनुस ।
चराका वचेरा जस्तै । तपाइको जीवन तपाइको हो । न श्रीमतीको जीवन तपाइको हो न छोरा छोरीको । यो यथार्थ वुझ्नै पर्छ ।। स्वीकार गर्नुस यथार्थ । ढोगी गरेर हुदैन । अागो तापेर काँखमा वच्चा लिएर वसिरहेको वालकका अामा छोरा पनि अागो झाप्पै सल्कियो भने वच्चा हुर्राएर अामा अागोवाट भाग्छिन । यो दुनियाँ हो दुनियाँ ।
त्यसैले ,
नियमित व्यायाम गर्नुस , नियमित सोमरस नपिउनुस । साथी भाइसंग हिड्नुस , खुला स्थानमा धेरै वस्नुस एक्लै घरमा नवस्नुहोस , घरमा एक्लै हुनुहुन्छ भने पनि सामाजिक संजालहरूमा व्यस्त हुनुहोस ।साथी भाइ इष्ट मित्रहरूसंग फोनमा कुरा गरिरहनुहोस । वच्चाहरूलाइ लिएर पुस्तकालय जानुहोस् , खेल मनोरन्जनका क्षेत्रहरूमा जानुहोस् । वच्चाहरूले वाटोमा हैरान गर्छन अाम्दानी कम छ भने घरमै खानेकुराहरू वनाएर सगै लैजानुहोस ।
युरोपको दैनिक जीवन साह्रै महंगो छ । अाम्दानी वढाउन सकिदैन भने खर्च घटाउन चै अवस्य सक्नु हुन्छ , युरो वचाउने उपाय तिर लाग्नुहोस । युरोपमा वचत नै ठूलो कमाइ हो यो कहिल्लै नविर्सनुहोस । वचत गर्दा लोभी भन्लान यो नसोच्नुहोस । अनावस्यक क्षेत्रमा खर्च गरेर त्यस्ले कहिल्लै सकारात्मक परिमाण दिदैन ।
र , युरोप अाउदाँ तपाइले नेपालवाट के ल्याउनु भएको थियो र ? रात दिन टेन्सन लिने ? किन चिन्ता गर्ने ? जे कमाउनु भयो ? यहि कमाउनु भयो ? र के गुमाउनु भयो ? यहि कमाएको गुमाउनु भयो किन पश्चाताप ? किन डिप्रेशन ? । जीउनुस खुशीको जीवन ::: छोड्नुस इर्षा , रिस ,राग र चिन्ता यसैमा सवैको भलो । अाफु भलो त जगतै भलो कि कसो ?
(सार्वजनिक हितका लागि जारी )






yesta khalka lekh haru le ahile ko atma hatya garne samassya rokna ra ghatauna abasye maddat garchha .upayogi lekh ko lekhak lai thank you.
Ramro lekh
Ramro lekha raixa padna yougya xa thank you
very good
Excellent !!! Thanks Mr. Regmiji, God Bless You……
Comments are closed.