बार्सिलोना। बेल्जियममा एक नेपाली महिलाले आत्महत्या गरेकी छन्। लुभेन निबासी २९ बर्षिय सरीता थापाले आत्माहत्या गरेकी हुन्। बिबाहित थापाको काठमाडौं गौशाला माईती घर रहेको छ। थापाका श्रीमान राजु थापा बिगत १६ बर्ष देखि बेल्जियममा रहँदै आएका छन्।
घटनाको पुष्टि गर्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले दिवंगत आत्माको चिर शान्ति गरेको छ। संघका अध्यक्ष गंगाधर गौतमले शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गरेका छन्। आत्महत्या किन र कसरी गरिन् भन्ने बारे पूर्ण बिबरण आउँन बाँकी नै छ। संघका अध्यक्ष गौतमले नेपालीनेपाली डटकमलाई भने,” घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ,यो बारे यत्तिकै बोल्ने कुरा रहदैन,तसर्थ आधिकारिक रिपोर्टको पर्खाइमा छौ।”
युरोपमा आत्महत्याका घटनाहरु धेरै कम हुने हुँदा पनि थापाको घटनाले युरोपबासी नेपालीहरु स्तब्ध भएका छन्। तर केहि हप्ता अगाडी मात्र साईप्रसमा रोजगारको सिलसिलामा आएकी एक नेपाली युवतीले पनि झुन्डिएर आत्महत्या गरेकी थिईन्।






गैरआवाशिय नेपाली संघ समन्वय परिषद ले केवल श्रदान्जली र सोकाकूल परिवारजन मा समवेदना प्रकट गर्न सिवाय केही सक्दैन भन्दै सत्य तथ्य कूरा वेल्जिएम प्रहरी र समन्धित डाक्टर मार्फत बाहिर आव़स भन्नि चाहाना राख्दै मृतआत्मा को चिरशान्ती को कामना सहित सोकाकूल थापा परिवार प्रति गहिरो दूख व्यक्त गर्दछू
green card herya hola bro cook paro hola ani k huncha ta…
उहाँ को चिर शान्ती को कामाना
उहाँ को चिर शान्ती को कामाना
Kin vo yasto gatana plz saty thy baera aawos woha ko aatmala santi pawos
so sad….RIP
Comments are closed.