बोष्टन,। सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा रहेको गिरान्चौरमा चर्चित हाँस्य कलाकार धुर्मुस र सुन्तलीले निर्माण गर्न लागेको गाउँका लागि अमेरिकाको बोष्टनमा रहेको तामाङ समाजले ६ लाख रुपैयाँ सहयोग गरेको छ ।
सोही भूकम्पका बेला बोष्टमा रहेका बिजय तामाङ र प्रेम तामाङ लगायतको अग्रसरतामा भूकम्पपीडितका लागि सहयोग रकम संकलन भएको थियो । तर, संकलित सहयोग रकम पिडीतकै हातमा पुग्ने विश्वास नभएपछि सो रकम नेपाल नपठाइ राखिएको थियो ।
सो रकम शुक्रबार समरभिलस्थित प्रभु मनी ट्रान्सफरबाट धुर्मुस सुन्तली फाउण्डेनसका नाममा पठाइसकिएको र धुर्मुस अर्थात् सिताराम कट्टेललाई टेलिफोनमार्फत् त्यसबारे जानकारी गराइ सकिएको बिजय तामाङले जानकारी दिए ।