बार्सिलोना / लगातार तिन बर्ष सम्म युरोपा लिगको उपाधि जित्दै स्पेनिस क्लब सेभियाले ईतिहास रचेको छ।तिन पटक सम्म च्याम्पियन्स बन्दै सेभियाले उपाधिकै ह्याट्रिक गरेको हो। बुधबार स्बिजरल्याण्डको बासेलमा भएको फाईनल खेलमा सेभियाले ईग्लिस क्लब लिभरपुललाई ३-१ ले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि कब्जा गर्न सफल भएको हो।
यस अघि सन् २००६ र २००७ मा पनि युरोपा कपको उपाधि जितेको सेभियाले सन् २०१४,२०१५ र २०१६ मा पनि अब्बल साबित गर्यो। यो सँगै पाँच पटक युरोपा लिगको उपाधि जित्ने पहिलो फुटबल क्लब सेभिया बनेको छ।
लिभरपुलले पहिलो हाफमा १ गोलको अग्रता लिए पनि आफ्नो लयलाई जोगाउँन सकेन। लिभरपुलका लागि ड्यानिल स्टरेजले ३५ मिनेटमा गोल गरेका थिए। तर स्पेनिस क्लब सेभियाका केभिनले दोस्रो हाफको शुरुवातमा नै गोल गर्दै बराबरी गरे। ६४ र ७० औ मिनेटमा पनि कोकेले गोल गर्दै सेभियालाई ३-१ ले बिजयी गराए।यस बर्ष पनि युरोपका दुई ठुला उपाधिहरु स्पेन भित्रिएका छन्। युरोपा लिग सेभियाले जित्यो,भने आगामी मे २८ मा हुने फाईनल खेल स्पेनिस क्लब रियल म्याड्रिड र एथलेटिक म्याड्रिड मध्ये एकले भित्राउँने छ। सन् २०१४ देखि लगातार रुपमा दुई ठुला उपाधिहरु स्पेनिस क्लबले भित्राउँदै आएका छन्।