सातौं पसगाँउ महोत्सवको तयारी पुरा


पोखरा । लमजुङको पर्यटकीय गाँउ पसगाँउमा हुने सातौं पसगाँउ महोत्सव २०७३ को तयारी पुरा भएको छ ।

“आफ्नै संस्कृति, संस्कारमा रमाऔं, पसगाँउ महोत्सवमा सहभागी होऔं, आन्तरिक पर्यटनलाई जगेर्ना गरौं,” भन्ने नाराका साथ जेठ ८ र ९ गते महोत्सव आयोजना हुनेछ ।
received_111396539277793

महोत्सवको मुख्य उद्देश्य ग्रामीण पर्यटनको प्रचारप्रसार, प्राकृतिक स्रोत साधनको उचित प्रयोग, लोक संस्कृतिको संरक्षण र प्रबर्द्धन रहेको मुल समितिकि संयोजक युगदेवी गुरुङले बताईन ।

महोत्सवमा परम्परागत गुरुङ संस्कृति, घाँटु, दोरठी, शेर्गा, ह्यब्रे, कृष्ण चरित्र आदि नृत्य प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, अलैंची र चिया बगानको दृश्यावलोकन र स्थानीय गुरुङ खानाको महोत्सव पनि हुने सो महोत्सव स्थानीय शान्तीदीप आमा समूह, दूध पोखरी युवा क्लब र ग्रामीण पर्यटन ब्यवस्थापन उपसमितिको संयुक्त आयोजनामा हुने छ ।

महोत्सव स्थलमा पोखराबाट थुम्सीकोट, भोर्लेटार, राम बजार, भुजुङ हुँदै, कालिका गाबिस हुँदै, दमौलीबाट र बेशिसहरबाट घले गाउँ जान सकिने क्लबका अध्यक्ष सुर्यप्रसाद गुरुङले ले बताए ।
तस्वीर ; लमजुङ न्युज डट कम