बार्सिलोना / ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ। सिजनको अन्तिम खेलमा ग्रानाड़ा बिरुद्द ३ गोल गर्दै बार्सिलोनाले २०१५ -२०१६ सिजनको उपाधि कब्जा गरेको हो। यो सँगै बार्सिलोनाले २४ औ पटक ला लिगाको उपाधि जितेको हो।
जितका लागि लुईस स्बारेजले ग्रानाड़ा बिरुद्द ह्याट्रिक गरेका छन्। शनिबार गरेको ३ गोल सँगै स्वारेसले ४० गोल गर्दै पिचीचि अवार्ड समेत जितेका छन्। उनले युरोपका लिगहरु मध्ये सर्बाधिक गोल गर्दै युरोपियन गोल्डेन बुट समेत जित्न सफल भएका छन्।
यता अन्तिम समय सम्म लिगको उपाधि प्रतिक्षा गरेको रियल म्याड्रिड भने तालिकामा दोस्रो स्थानमा नै चित्त बुझाएको छ।
बार्सिलोना ९१ अङ्क सहित च्याम्पियन बन्यो भने रियल ९० अङ्कका साथ दोस्रो स्थानमा रह्यो। यता रियल क्रिस्टियानो रोनाल्डो समेत स्बारेज भन्दा ५ गोलले पछाडी परेका छन्। लिगामा ३५ गोल गर्दै पिचीची रेसमा दोस्रो बने। तर रोनाल्डोले च्याम्पियन्स लिगमा भने १६ गोल गर्दै सर्बाधिक गोलको सुचीमा छन्।
आगामी मे २२ तारिख बार्सिलोना सिभिया सँग कोपा डे रे फाईनल तथा रियलले २८ तारिख एथलेटिको म्याड्रिड सँग च्याम्पियन्स लिग फाईनल खेल्दै छ।






thanks barcelona
thanks barcelona
Comments are closed.