काठमाडौं । हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम बुधबारबाट सुरु गरेका छन् । सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पीडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए ।
बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । ६५ भूकम्पपिडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थलनिर्माण सम्पन्न गर्न ४ करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।‘काम सुरु गरिसकेका छौँ, तर पर्याप्त रकम छैन,’ उनले भनिन्
भिडियो हेर्नुस्