बार्सिलोना / स्याङ्जा जिल्लाका दुई गाबिसहरुमा आगालागीबाट पिडितहरुको सहयोगार्थ स्पेनमा एक लाख रुपैयाँ संकलन भईसकेको छ। स्याङ्जा सहयोग समाज स्पेनले पिडितहरुको सहयोगार्थ हाल सम्म ८ सय ७२ युरो (एक लाख रुपैयाँ) संकलन गरिसकेको हो।
समाजले सहयोग संकलन कार्य भने जारी राखेको छ। आगालागी हुँदा मनकामाना गाबिस लाम डाडा गाउँ र पेलाकोट गाबिस स्थित चोक गाउँमा धनमाल,बस्तु चौपायामा क्षति पुगेको छ।
स्याङ्गजा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङका अनुसार लाम डाडामा २० बटा घर,१८ गोठ र पलाकोट गाउँमा २८ बटा घर,३० बटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन्। गुरुङले भने,” भर्खर देशमा भूकम्पको घाउ मेटिन नपाउँदै, स्याङ्जा लगायत अन्य जिल्लाहरुमा आगालागीबाट क्षति पुगेको छ, थोरै भए पनि राहत हुन सकोस् भन्दै स्पेनमा रकम संकलन गरेका हौ। ”
समाजले आफ्नो अभियानमा सहयोग पुर्याउँन स्पेन स्थित संघ संस्थाहरुलाई पत्राचार समेत गरेको छ। सहयोग अभियानलाई सार्थक बनाउँन आगलागि प्रभावित सहयोग कोषको घोषणा गर्दै अभियानलाई तिब्रता दिएको छ।
हालसम्म सहयोग गर्ने सहयोगदाताहरुको नामावली
तमु समाज स्पेन -१५१ युरो
शालिकराम डुम्रे – १०० युरो
बेन बहादुर गुरुङ – १०० युरो
लिल रोकाया – ६० युरो
सन्तोष श्रेष्ठ – ५१ युरो
सुनिल रानाभाट – ५१ युरो
हेमन्त रानाभाट – ५१ युरो
शिब सुबेदी – ५१ युरो
बिनोद लामिछाने – ३१ युरो
एक राज गिरी -३१ युरो
दिपक भट्टराई – २५ युरो
भोला लामिछाने २५ युरो
सुजन क्षेत्री २५ युरो
ओम गुरुङ २० युरो
रोशन गुरुङ २० युरो
दिलिप रेग्मी २० युरो
हिमानसिंह गुरुङ २० युरो
अर्जुन पोख्रेल २० युरो
अनिल गुरुङ २० युरो






dhanne badh chha basanta bhai
Comments are closed.