नदेख महलको सपना, आखिर रात कटाउने अँध्यारो कोठामै !


– प्रदिप भुषाल

हेर्दा हेर्दै समय बितेको पत्तो पाइदो रहेनछ। करिब करिब ४ ,५ वसन्त फेरियो नेपाल आमाको काख छोडेको ममतामय त्यो काख छोडेको अब मात्र मस्तिष्कमा यादहरु भै बसेका छन। नेपाल छोड्दा छिट्टै फर्किने बाचा पनि साँचो हराएको ताल्चा जस्तै भएको छ।
हामी सम्झना गरौ त्यो क्षण जुन दिन आफ्नो राहदानीको लागि मध्यरातमा लाइनमा बसि कति कष्ट सहेर बनाएका थियौं । न शौचालयको बन्दोबस्त थियो न कुनै व्यवस्थापन नै थियो तर पनि सम्पुर्ण दुख कष्टलाई बिर्सियर सुनौलो भविष्यको परिकल्पना गरि सपना बुन्दै फारम बुझाएका थियौं ।

त्यो देश हो हाम्रो जहाँ इन्धनको अभाबले भोक भोकै तड्पिएका जनतालाई ग्यासको पाइप लाइन घर घर सम्म पुर्र्याउछु भनि सार्बजनिक बाचा गर्ने प्रधानमन्त्री भएको देश । नेपालका नदि नालाको उपयोगी गरि सम्पुर्ण एसियालाई पुग्ने विद्युत उत्पादन गर्ने क्षमता भएको देशमा हावा बाट बिजुलि निकाल्छौ भन्ने प्रधानमन्त्री भएको देश हो हाम्रो।

 पानी को धारामा पानीको सट्टा हावा मात्र आउने देशका प्रधानमन्त्रीले चौबिसै घन्टा पानीको आपुर्ती गर्छु भनी भाषण गर्ने देश हो। अभाबै अभाबमा हुर्किएका हामीहरुले २,४ बर्ष प्रदेशमा बस्दा नेपाल बिर्सन पाइन्छ कदापी पाइदैन।यो नै हाम्रो यथार्थ हो।यो नै हाम्रो सत्यता हो। हामी सबैलाइ थाहा पनि छ । यो हामी सबै नेपालिको अभागी कर्मले राज्यको शासन सत्ताको कमजोरीपनको फाइदा उठाउदै नेपाललाई अग्रगामी दिशातर्फ भन्दा पछिल्तिर धकेल्ने फोहोरी राजनिती तथा राजनीतिको पगरि भिर्ने ले नै हो यस्तो खेल नेपालमा चलिआएको थियो अहिले पनि चलिआएको छ।

यस्तो विविध समस्या र समाज बाट गुज्रिएका हामिलाइ राम्रो संग थाहा छ सहि र गलत के हो भन्ने। यसमा कसैको दुई मत नहोला देशमा ठुला ठुला परिवर्तनकारी आन्दोलन भए देशले बिकासको साट्टो नेता मात्र जन्मायो। अहिले सबै भ्रष्टचारीको बथान जस्तो लाग्छ नेपाली राजनीतिक पार्टी र पार्टी का नेताहरु केही प्रतिशतलाई छाडेर सबै देश समाज बिकाशको भन्दापनी भुँडी बिकासको बाटो अपनाएका छन। यस्तो परिवेश बाट हुर्किएका हामी र यस्तो परिबेशको देश हाम्रो र हामी जनता!

रात दिन समाचार सुन्दा, हेर्दा र पढ्दा आखा चिम्लिएर गाली गर्ने हामी आज सात समुन्द्रपारी त्यही नेपाली समाजको परिकल्पना गरि समाजलाई भाड्ने काम त गरि राखेका छैनौं । यदि तपाईंहरु क्षमतावान हुनुहुन्छ भने गर्नुहोश राजनीतिक अबसरहरु गल्ली गल्लिमा छन तर नेपाली समाज बिगार्ने तपाईंहरुलाई अधिकार छैन र त्यो पाउनु पनि हुदैन।आज सम्म नेपाललाई चिनाउन सगरमाथाको देश हो, गौतम बुद्ध जन्मेको देश नेपाल हो भनी परिचय दिनुपर्दा हिनताबोध हुदैन।

यदि देश सम्पन्न हुन्थ्यो भने सारा संसारलाई थाहा हुन्थ्यो नेपाल के हो र कहाँ छ भन्ने कुरा, कहिले सम्म सगरमाथा, गौतम बुद्ध , गोर्खाली को पगरी भिरी हिड्ने कहिले सम्म, मै ठूलो मै जान्ने मै राम्रो भन्ने स्वभावको उपज नै कमजोरीको प्रमुख काँडा हो ! अनि कसरी हुन्छ राम्रो समाज ? भगवान बुद्ध पनि दिब्य ज्योतिको खोजिमा भारत जानु भएको थियो त्यस्तै सोचौ हामी सबैले एकचोटी आफुले सिकेको सीप, सिर्जना र अनुभव देश बनाउन खर्च गर्ने हो भने नेपाल अरु देश भन्दा केहीमा कम हुदैन।

तपाईं हामी सबैले सम्झना गरौ त्यो क्षण जतिबेला हातमा बैधानिक पत्र थिएन त्यो बेला मान्छेहरुले गर्ने र्व्यवहार हेर्ने दुस्टिकोण कस्तो थियो। अहिले दुई चार हजार पैसा कमाइ राम्रो गाडी चड्दैमा कदापी समाजसेबी भइदैन समाजसेबि सेवा भावनाका मनहुनेहरुले गर्ने हो देखाउनको लागि पक्कै होइन। जहाँ दुख सुख राम्रो नराम्रो नेपालीको बस्तु स्थितिको बारेमा सोच बिचार तथा कुरा गरिदैन त्यस्तो समाजलाई कसरी नेपाली समाजको उपमा दिन सकिन्छ। यस्तो समाज भित्र रहनु भन्दा आफ्नै दुख सुख सहेर बस्नुको बिकल्पको सोच बनाएका नेपालीहरु पनि छन।

कल्पना गरौ यस्तो समाजको जहाँ सेवा भावनाले भरिपूर्ण होस । हरेक नेपालीको दुख सुख मा हातेमालो गर्न पाइयोस् । समाजको काम गराइ, देश प्रतिको माया र नेपालीप्रती ममतामय व्यबहार र सबैको सुख दुख साट्ने चौतारी बनोस । साना साना हुर्कदै गरेका बालबालिका लागि भए पनि नेपालीको थियौ ?

होइन कि हामी नेपालि को हौ भनेर चिनाउने प्रयास गरौ। हाम्रो रिति रिवाज परम्परामा घुलमिल गराउन पाइयोस ,नेपाल र नेपाली को बारेमा जानकारी गराएर नेपाली हुनुमा गर्वको महशुस गराउने जिम्मेवारी हाम्रो हो। त्यसका लागि सबै एक जुट हुनु बाहेक अरु कुनै बिकल्प छैन। पक्कै पनि त्यो दिनमा प्रदेशमा बसेपनी नेपाली हुनुमा गर्वको महशुस गर्न पाउने छौ।

नदेख सपना ठुला महलका
आखिर रात कटाउने अँध्यारो कोठामै हो।
त्यागी देउ लोभ लालच सम्पतिका
आखिर पाउने मात्र भाग्यमा लेखेको हो।

तपाईको प्रतिक्रिया