बसन्त रानाभाट बार्सिलोना / “गोरखाका लागि एउटा ब्ल्याकबोर्ड” भन्ने अभियानका साथ ३७ बर्षिय स्पेनिस नागरिक गेरगोरी ग्यार्सागुयनाले साईकलबाट नै नेपालको यात्रा तय गरेका छन्। सन् २०१७ जुलाई भित्र भूकम्प प्रभावित क्षेत्र गोरखामा पुग्ने लक्ष्य बोकी स्पेनबाट नेपालका लागि यात्रा तय गरेका हुन्।
नेपालमा भूकम्प गएको दिन अप्रिल २४ तारिख कै दिन स्पेनको बिल्बाउ स्थित नेपाली समुदाय माँझ एक कार्यक्रमको आयोजना पश्चात, गेरगोरीले साईकल यात्रा सुरु गरेको बिल्बाउ निबासी तुलसी गुरुङले जानकारी दिए। साईकल यात्रामा निस्केका गेरगोरीलाई नेपाली ढाका टोपी लगाएर बिदाई गरिएको थियो। सन् २०१६ को अगष्ट सम्म टर्कीको अंकरा र सन् २०१७ को जुलाई सम्म भने भूकम्प प्रभावित क्षेत्र गोरखामा नै पुग्ने उनको लक्ष्य रहेको छ।
गोरखा पुगेर बिद्यालय पुनर्निमाण गर्ने
स्पेन देखि नेपाल सम्म साईकल यात्रा गर्ने योजना सहित यात्रामा रहेका गेरगोरीले गोरखा पुगेर बिद्यालय पुनर्निमाण गर्ने योजना समेत बनाएका छन्। आँफु यात्रामा रहँदा बिभिन्न तबरबाट सहयोग संकलन गर्दै “गोरखाका लागि एउटा ब्लाकबोर्ड” (उना पिजारा परा गोरखा) परियोजना मार्फत नै स्कुल पुनर्निमाण गर्ने योजना रहेको छ।
उनले गोरखा जिल्लामा अबस्थित बालकल्याण निम्न माध्यमिक बिद्यालयलाई पुनर्निमाण गर्ने लक्ष्य लिएका छन्। बिद्यालयमा ३ बर्ष देखि १७ बर्ष उमेर समुहका २ सय ५० जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन्। गोरखालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पले, बिद्यालयलाई क्षति पुर्याएको छ।
धेरै पटक सोचेर निर्णय लिएको हुँ,लक्ष्य पुरा गर्छु :-
नेपालमा भूकम्प गएको दिन बैशाख १२ मा नै स्पेनबाट साईकल यात्रामा निस्किएका गेरगोरीले आँफूले धेरै पटक सोचेर निर्णय लिएको बताएका छन्। करिब १२ हजार किलोमिटर साईकलमा यात्रा गर्न कठिन छ,तर यसलाई पुरा गर्ने अठोट लिएको छु,उनले आफ्नो साईटमा लेखेका छन्। आफ्नो यात्राले अन्य बिदेशीहरुलाई समेत नेपाल जान प्रेरित गर्नेमा बिश्वास ब्यक्त गरेका छन्।
उनको परियोजनालाई स्पेनिस संघ सस्था तथा समुदाय तथा व्यक्तिगत तबरबाट समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। गेरगोरीको गोरखा साईकल यात्राको खबरले स्पेनका रहेका नेपालीहरु उत्साहित बनेका छन्। ६ बर्ष अगाडी पनि उनि नेपाल पुगेको थिए।








very good initiative. As a Gorkhali, I thank him and wish successful travel.
very good initiative. As a Gorkhali, I thank him and wish successful travel.
Comments are closed.