इन्डोनिसिया । इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटालाई इन्डोनिसियाले अति विशिष्ट व्यक्तिको पदवीसहित सम्मान गरेको छ । गत अप्रिल १६ तारिखमा नेसलन स्टेडियम इन्डोनेसियामा भव्य समारोहकाबीच इन्डोनेसियाको प्राचीन राज्य कुतई मुलावर्मनका महाराजाले अतिविशिष्ट व्यक्तिको पदवी दातो पदुकाबाट सम्मान गगरेका हुन् । सापकोटालाई महाराजाले आफ्नो राज्यका लागि नेपाली दूत नियुक्त गरेका छन् ।
उनलाई दरबारको समारोहमा दूत नियुक्तिको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता अन्तर्गत ख्याति कामएका सापकोटाले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु पाएका छन् ।
उनले सन् २०१५मा एसियन पोलिटिक्स एण्ड बिजनेस अवार्ड, गोल्डेन फोनिक्स अवार्ड, मार्स अवाड, एसिया अनेष्टि आन्टरपि्रनियर अवाड, वेष्ट नेसनल डिरेक्टर फोर लिटिल मिस एण्ड मिस्टर युरेशियासँगै झन्डै एक दर्जन अवार्ड हात पारेका छन् ।
मिस हेरिटेज इन्टरनेसनल तथा मिसेस् हेरिटेज इन्टरनेसनल जस्ता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका आयोजनामा सफलता प्राप्त गरिसकेका सन्तोषकै अगुवाईमा ईप्लानेट प्रालिले आगामी सेप्टेम्बर महिनामा अफ्रिकी राष्ट्र तान्जानियामा ‘मिस इन्भायोरोमेन्ट इन्टरनेसनल’ प्रतियोगिता सञ्चालन गर्ने तय भइसकेको छ ।






Congratulation
good job badhaee chha
Congratulation bro
dai badai xa hai
Badhai xa dai
Comments are closed.