बसन्त रानाभाट, बार्सिलोना/ स्पेनमा नेपालीहरुको संख्या बढ्दै गईरहेका बेला नेपालीहरुमा फुटबल प्रतिको मोह र चासो पनि बढ्दै गएको छ। फुटबल हेर्न मात्र नभई,ब्यबसायिक खेलको सपना देख्दै,यसमा पनि नेपालीहरुको चासो बढेको हो।
स्याङ्जा जिल्ला स्थायी घर भई हाल बार्सिलोनामा आफ्नो परिबारसँग बस्दै आएका गोकर्ण डुम्रेले पनि स्पेनमा ब्यबसायिक खेल खेल्ने सपना बुनेका छन्। सन् २०११ मा डुम्रे आफ्नो परिबारसँग यस्तै बस्न स्पेन आए।
नेपाल छँदै फुटबल प्रति रुचि राख्ने डुम्रेलाई परिवारको प्रेरेणा र सहयोगले फुटबल खेल्ने सपनालाई पुरा गर्ने ठुलो अबसर मिल्यो। फलस्वरूप सन् २०१२ देखि नै डुम्रेले स्पेनको बार्सिलोना स्थित फुटबल क्लब ला फ्लोरिदामा तालिम लिदै फुटबल खेल्न सुरु गरे।
डुम्रेको सन् २०१२ देखिको फुटबल यात्रा
१६ बर्ष अघि अप्रिल १२ तारिख सन् २००० मा डुम्रे नेपालमा नै जन्मेका हुन्। १.७५ मिटर उचाई ६४ केजी तौल भएका उनको खेल पोजिसन डिफेन्डर हो। फुटबल क्लब ला फ्लोरिदामा सन् २०१२ देखि २०१४ सम्म खेलेका उनले सो अवधिमा ६२ खेल खेल्दै ८ गोल पनि गरेका छन् भने १० गोल एसिस्ट गरे। उनले अन्डर १६ अन्तर्गत आफ्नो क्लबबाट उक्त खेलहरुमा सहभागिता जनाएका थिए।
सन् २०१४ मा नै फुटबल क्लब कान भिडालेदमा उनि आबद्द हुन पुगे। अन्डर १६ अन्तर्गत काडेट दोस्रो डिभिजनमा प्रतिस्पर्धा गर्ने डुम्रेले मौका पाए। सन् २०१५ मा उनले झनै सफलता पाए, कान भिडालेद क्लबबाट नै डुम्रेले, काडेट पहिलो डिभिजनमा बिभिन्न क्लबहरुसँग अहिले लिग खेलहरु खेलीरहेका छन्।
लिग सिस्टममा खेलाईने खेलहरुमा अन्डर १६ अन्तर्गत नै अन्य क्लबहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने हुँदा उनको खेल स्तरले समेत उचाई चुम्दै गएको छ। कान भिडालेद क्ल्बमा आबद्द भए पछि डिफेन्डर पोजिसनबाट पनि डुम्रेले सन् २०१४ यता मात्र ५६ खेल खेल्दै ६ गोल गर्न सफल भए। यो बीचमा उनले ६ गोलका लागि एसिस्ट समेत गरेका छन्।
फुटबल खेल्ने रुची कसरी जाग्यो?
डुम्रे यता आउँनु भन्दा १ बर्ष अगाडि, स्पेनले “वल्ड कप फुटबल” जितेको थियो। सधैँ फुटबल प्रतिको चासो र बहस चलीरहने बार्सिलोनामा रहेको, परिवारले समेत प्रेरेणा दिएपछि झन् उनलाई खेल्ने हौसला मिल्दै गयो। डुम्रेलाई कार्लोस पुयोल,सर्जियो रामोस,थियागो सिल्भा,मार्सेरानो जस्ता खेलाडीहरुको खेल निकै मन पर्छ।
उनिहरुकै खेलबाट प्रभावित भएर धेरै कुरा सिकेको समेत डुम्रे बताउँछन्। एक दिन स्पेनको ला – लिगामा, कुनै पनि क्लबसँग आबद्द भई खेल्ने सपना बोकेका डुम्रेलाई आफ्नो देश प्रति भने उत्तिकै माया छ। उनले भने,” छातीमा हात राखेर,सयौ थुङ्गा फुलमा हामी एउटै माला नेपाली भन्दै, नेपालका लागि फुटबल खेल्ने मेरो ठुलो ईच्छा छ।”
डुम्रेको बारे एन्फासँग कुराकानी
पिता शालिकराम डुम्रेले आफ्नो छोरालाई नेपालमा अन्डर १७ अन्तर्गत राष्ट्रिय टिममा आबद्द गराउँन अखिल नेपाली फुटबल संघ एन्फासँग कुराकानी भईरहेको बताएका छन्। उनले भने,” नेपालमा नै कर्मा छिरिंङ् शेर्पालाई भेटर सबै कुरा गरेको छु, बायोडाटा सहित उसले खेलेका केहि भिडियोहरु समेत पठाएका छौ,तालिम र खेलका लागि हामी समय म्यानेज गर्न तयार छौ।”
भेटबार्ता पछि छिरीङ् अन्त्यन्तै सकारात्मक रहेको बताउँदै डुम्रेले भने,”विदेशमा बस्ने अन्य नेपाली खेलाडीहरुले पनि राष्ट्रिय टिमबाट खेल्ने यस्तै ईच्छा ब्यक्त गरेको हुँदा,कसरी समेट्ने भन्ने बारे निर्णय गरेर छिट्टै खबर गर्ने आश्वासन पाएका छौ।”






Hjr xora lai badhai ra unko Agari laxya Safal haus bhandai hardik ubh kamna garda xu
Chora ko utter2 pargatiko kamana gardaxu…
Comments are closed.