– बसन्त रानाभाट
युवतीलाई दुर्ब्यवार एबम महिला हिँसाको अभियोगमा रुकुम घर भएका ३२ बर्षका नेपाली प्रताप सिंह बुढाले ३३ महिनाको जेल सजाय भोगीरहेको समाचार, सन् २०१४ डिसेम्बर महिनामा म आँफैले लेखेको थिए। महिला माथि दुर्ब्यवार तथा महिला हिँसा गरेको अभियोगमा १८ महिना र १५ महिनाका गरी दुई छुट्टा छुट्टै सजाय गरी, स्पेनमा रुकुम घर भएका बुढालाई ३३ महिनाको जेल सजाय सुनाईएको थियो।
१३ महिनाको जेल जीवन भोगिरहँदा,त्यतिबेला ति नेपाली युवकले जेलबाट नै भनेका थिए,” मेरो एउटा मात्र अनुरोध सुनाइदिनु होला, युरोपमा झुक्किएर पनि महिला माथि दुर्ब्यबार नगर्नु होला ।आफ्नै श्रीमती होस्, प्रेमिका होस् वा अरु जो कोही भए पनि केटी मान्छेलाई सँधै राम्रो व्यवहार गर्नुहोला।”
तर बुढाले सजाय भोगीरहेको यही ठाउँ स्पेनमा जन्मेकी आईना बार्का, नेपालमा रहँदा उनि माथि दुर्ब्यबार भयो न त दोषीलाई कार्बाही न कुनै सजाय नै ? दुर्ब्यबार लगत्तै,उनले संचालन गर्दै आएको गैर सरकारी संस्था माथि ठुलो प्रहार गरियो।अबैधानिक रुपमा,जग्गा ओगटेर स्कुल संचालन गरिएको आरोप समेत लगाईयो।
जित सत्यको नै हुन्छ,तर उनि माथिको दुर्ब्यबार,उनको चरित्र हत्याको प्रयास र गंभिर आरोपको मुल्य के त ? के यी सबै एउटा कथा हुन् ? वा चलचित्रको रिलजस्तै,एउटा कथाबाट सुरु भयो अनि कथामा नै बग्दै टुंगियो। पछिल्ला देखिएका घटनाक्रम उनि सँगको कुराकानीको आधारमा यो आलेखमा सविस्तार गर्ने प्रयास गरेको छु।
यसरी भयो आईना माथि दुर्ब्यबार
आईनाले आँफुलाई एक जना पब्लिक स्कुलका शिक्षकले (नाम नखुलाईएको) दुर्ब्यबार गरेको बताएकी छन्। घटना बारे आफ्नै शब्दमा उनले भनिन्,” एक ठाउँमा बसेर खाईरहेकी थिई,त्यही ठाउँमा आएर ति शिक्षकले यहाँवाट बाहिर निस्की भने। तर मैले चिया पिईरहेकी थिए मैले ननिस्कने बताए।
त्यस पछि नाना थरी फोहोरी गाली गर्दै तेरो देशमा फर्की भने। त्यति मात्र हैन मलाई हातपातको प्रयास समेत गरे। त्यस पछि म पुलिसकोमा गए। उनको रिस हाम्रो परियोजनामा खनियो। यो घटना लगत्तै हामीले अबैधानिक रुपमा जग्गा ओगटेर भबन निर्माण गर्दै बिद्यालय संचालन गरेको भन्दै समाचारहरु बाहिर आए जसले मलाई एकदमै दुखी र तनाबमा राख्यो।
नेपालमा जन्मन पाईन,तर यतै मर्न चाहान्छु
आँफु पढ्दै गरेको कलेज,गर्दै गरेको काम र स्पेनमा आफ्नो परिबारलाई छाडेर नेपालका बालबालिकाहरुलाई सम्झेर हेटौडामा बस्दै आएकी आईना यो घटना पछि सार्है दुखी बनेकी छिन्। उदास मन लिदै आईनाले भनिन्,” नेपाल मेरो देश जस्तो लाग्दछ,यहिँ सम्झेर मैले काम गरिरहेकी छु। यिनै बालबालिकाहरुका लागि म यहाँ छु, नेपालमा जन्मन त पाईन तर मलाई थाहा छ,मेरा बच्चाहरुकै काखमा नेपालमा नै मर्ने छु।”
मेरो जीवन स्पेनमा सरल ढंगले बित्न सक्छ तर यहाँ छु केबल यिनै बच्चाहरुको मायाले आईनाले थपिन्,” नेपालमा पैसा कमाउँन आएकी होईन,बरु साथीभाईहरुको सहयोगमा दुईचार पैसा स्पेनमा नै जम्मा गर्दै, यता सहयोग गर्दै आएकी छु।” मान्छे मान्छे बीच भेदभावको दृष्टिले हेर्नु एकदमै गलत भएको बताउँदै तर यसबाट आफ्नो काममा कत्तिपनि बिचलित नहुने उनले बताईन्।
आईनाले भाबुक हुँदै थपिन्,नेपालमा भूकम्प जाँदा सबै पर्यटकहरु सुरक्षित देश खोज्दै थिए,तर यिनै बालबालिकाहरुको मायाले दुई दिनमा नै नेपाल फर्किए। यसो गर्दा मेरो परिबार र आँफन्तहरु पनि म सँग रिसाए, आफ्नो सम्झेर नेपाल फर्केकी हुँ किनकी म पर्यटक होईन। कसैले दुर्ब्यबार गर्दै तेरो देश फर्केर जा भन्दा गहिरो चोट पुग्ने रहेछ आईनाले भनिन्।
को हुन् आईना ?
स्पेनिस नागरिक आईना बार्का, अहिले २४ बर्षकि भईन्। स्पेनिस एक युवतीले यति सानो उमेरमा नै नेपाल पुगेर फेमिलिया डे हेटौडा नामक गैर सरकारी सँस्था खोलेर, बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको लागि हेटौडामा एउटा शैक्षिक परियोजना संचालन गरिरहेकी छन्।
हाल उनको परियोजनावाट १५ जना बौद्दिक अपांगता भएका बालबालिकाहरुले शिक्षा पाई रहेका छन्। सन् २०१२ यता आईना ८ पटक नेपाल पुगिसकेकी छन्। नेपालमा बिनाशकारी भूकम्प गएको बर्ष सन् २०१५ मा ३ पटक गरी ७ महिना नेपालमा नै बिताईन्। बैशाख १२ को भूकम्प लगत्तै उनले २ हप्ता सम्म प्रभावित क्षेत्रमा पुगेर राहत बितरण कार्यमा पनि सघाएकी थिईन्।
के गर्छिन् उनले नेपालमा ?
आईना सन् २०१२ को जुलाईमा पहिलो पटक नेपाल घुम्न निस्केकी थिईन्। त्यो समयमा उनि बार्सिलोना युनिभर्सिटिमा सामाजिक कार्यकर्ताको रुपमा काम गर्थिन्। युनिभर्सिटीमा काम गर्दै गर्दा, बाँकी केहिँ समय(पार्ट टाईम ) भने बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरु रहेको स्कुलमा पनि काम गरिन्।
त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक पाईला राख्दा एउटा छुट्टै किसिमको अनुभूति गरिन्। हेटौडा स्थित एक बालगृह पुगिन् यसले उनको बिचार नेपालमा मै रहेर केहि गर्ने सोच आयो। स्पेनको सरकारले त्यस्ता बालबालिकाहरुलाई थुप्रै सुबिधा र स्कुलको राम्रो व्यबस्था गरेको देखेकी आईनाले ति बालबालिकाहरुलाई भेटे पछि, मन देखि नै सहयोग गर्ने ईच्छा पलाएर आयो।
– बसन्त रानाभाट
आफ्नो कलिलो उमेरमा पनि आईनाले तिनै बालबालिकाहरुको भविष्य बारे चिन्ता ब्यक्त गर्दै एउटा परियोजना मार्फत ति बालबालिकाहरुलाई सहयोग गर्ने दृढता लिएर नेपाल पुगिन्। फलस्वरूप जनवरी २०१४ देखि उनको परियोजनाले ति बालबालिकाहरुलाई शिक्षा दिईरहेको छ।बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुलाई शिक्षाको ज्योति बाँड्दै उदाहरणीय काम गरिरहेकी छन्।
के – के आरोप आए आईना माथि ?
आईना माथि दुर्ब्यबार भएको केहि दिनमा नै उनि र उनको सँस्था प्रति गंभिर आरोपहरु आए। तर उनले डटेर समाना गरिन्। एशोसियसन फेमिलिया डे हेटौडा गैर सरकारी संस्था,कातालुनियाले हेटौडा नगर पालिका- ६ गौरीघाट मकवानपुर स्थित श्री शान्ति बहिरा तथा सुस्त श्रवण आबासिय निम्न माध्यमिक बिद्यालय,,श्री बाल जागृति युवा बर्ष माध्यमिक बिद्यालय र जिल्ला शिक्षा कार्यालय,मकवानपुर बिच सम्झौता गर्दै आफ्नो परियोजना संचालन गरेको थियो।
सो सम्झौता पत्रको खण्ड १ को १.१ मा लेखिएको छ, फेमिलिया डे हेटौडाले,बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको लागि एउटा शैक्षिक परियोजना संचालन गर्नेछ। सामान्य कक्षाकोठामा पढ्न नसक्ने बालबालिकालाई एउटा छुट्टै एकाई मार्फत बैकल्पिक विधिद्वारा पठन पाठन गराईने छ।” सोहि अन्तर्गत नै उनले परियोजना मार्फत बालबालिकाहरु पढाई रहेकी छन्। तर बैधानिक रुपमा यसरी चलेको परियोजनालाई गैर कानुनी भन्दै प्रचार गरियो।
बिद्यार्थी पढाईरहेको भबनबारे के सम्झौता छ ?
घटनाक्रम अनुसार नै आईनालाई स्कुलको जग्गामा गैर कानुनी रुपमा भबन बनाएर बिद्यालय चलाएको आरोप पनि लाग्यो। सम्झौता पत्रको खण्ड १ को १.२ मा लेखिएको छ,” यो परियोजनाले बौद्दिक अपांगता भएका बालबालिकाको लागि दिईने बिशेष शिक्षाको लागि एक वा धेरै भवनहरु र अन्य भौतिक संरचनाहरु निर्माण गर्नेछ साथै फेमिलिया डे हेटौडाको एकाईमा काम गर्ने जनशक्तिको समुह निर्माण समेत गर्नेछ।”
सम्झौता पत्र खण्ड ३ को जमिन सम्बन्धी ब्यबस्था अन्तर्गत ३.१ मा उल्लेख गरिएको छ की,”श्री शान्ति बहिरा तथा सुस्त श्रवण आबासीय निमाविले कम्तिमा ३ कठ्ठा जमिन बौद्दिक अपांगता भएका बालबालिका सम्बन्धि परियोजनालाई प्रदान गर्नेछ। यस्तै ३.३ मा भएको सम्झौता अनुसार,” उक्त जग्गा र त्यसमा बनेको संरचना फेमिलिया डे हेटौडा बाहेक अन्य कसैले माग गर्न नपाउने कुरामा श्री शान्ति बहिरा सुस्त श्रवण आबासीय निमाबि,श्री बालजागृति युवा बर्ष मावि र जिल्ला शिक्षा कार्यालय समेत सहमत छन्।” भनिएको छ। यदि कसैले उक्त संरचनाहरु प्रयोग गर्न परेमा फेमिलिया डे हेटौडासँग अनुमति लिनु पर्ने छ।
खण्ड २ को परियोजना उत्तरदायित्व अन्तर्गत २.४ मा परियोजनाका दैनिक महत्वका बिषयमा(शैक्षिक क्रियाकलाप,ब्यबस्थापन,निर्माण आदि)फेमेलिया डे हेटौडाले नै उत्तरदायित्व बहन गर्ने छ। २.७ मा श्री शान्ति बहिरा तथा सुस्त श्रवण आबासीय निमाबिले यो परियोजना फेमिलिया डे हेटौडा नामक गैर सरकारी संस्थाले मात्र संचालन गर्छ र अन्यले गर्दैन भन्ने कुरा स्विकार गर्दछ।भनी लेखिएको छ।
सम्झौता अनुसार,परियोजनाको अबधि १ सेप्टेम्बर २०१३ देखि अनिश्चित काल सम्मको हुनेछ। ५.२ मा लेखिएको छ,”भविष्यमा यदी बिद्यालयले नै शैक्षिक परियोजना गर्न सक्षम भएको फेमिलिया डे हेटौडाले महशुस गरी वा अन्य कुनै कारणले छाडेको अबस्थापछि उक्त भौतिक संरचना र जग्गा स्वत:श्री शान्ति बहिरा तथा सुस्त श्रवण आबसीय निमाबि को सम्पत्ति हुनेछ।”
छानबिन समितिले, आईनालाई दियो न्याय
अरुको जग्गा ओगेटेर बिदेशीले बिद्यालय चलाएको भन्ने समाचार बाहिर आएपछि, जिल्ला शिक्षा कार्यालय मकवानपुरले समेत अनुगमन थाल्यो। जिल्ला शिक्षा कार्यलयका प्रतिनिधिले समेत हस्ताक्षर गर्दै,बौद्दिक अपांगता भएका बालबालिका सम्बन्धि परियोजना चलाउँने सम्झौता पत्र भेटे पछि अनुगमन समितिले सो परियोजना बैधानिक रहेको ठहर गर्यो।
अन्तत आईनाले न्याय पाईन्। तर उनको परियोजना मात्र नभई बिद्यालय नै संचालन गरी धेरै बालबालिकाहरुलाई शिक्षाको ज्योति बाँड्ने सपना छ। बिद्यालय अनुमतिका लागि जिल्ला शिक्षा कार्यालयमा हेटौडेली परिबारले निबेदन दिईसकेको जानकारी दिएकी छन्।
हामीमा सकारात्मक सोच कहिँले ?
बिदेशीको सहयोगमा संचालित परियोजनामा ठुलै रकम आउँछ भन्ने हाम्रो भ्रम नेपाली समाजमा यथाबत नै रहेको छ। एउटी चेलीले आफ्नो देशमा आफन्त,परिबार साथीभाईहरुबाट महिनामा ५ ,१०,१५ वा २० युरो गर्दै सहयोग जुटाउँदै, हाम्रै बौद्दिक अपांगता भएका बालबालिकालाई गरेको सहयोगलाई हाम्रो समाजले कसरी बिर्सने ?
एउटी अबिबाहित युवतीले आफ्नो देश छोडेर, बालबालिकाहरुको लागि मासिक रुपमा १ लाख रुपैयाँ जति लाग्ने खर्च धान्न, कति धेरै मेहनत गरिरहेकी होलिन् ,सहयोगका लागि कति अनुरोध गरिरहेकी होलिन् ? यसलाई सोच्ने कि न सोच्ने ? एकपटक बिचार गरौ,आफ्नो कमाउँने उमेरमा सबै चिज छोडेर केबल बालबालिकाका लागि दिन प्रतिदिन सोचिरहेको छन् भने उनिमा कति धेरै निस्वार्थ पन छ,माया र सद्भाव छ।
दुर्व्यहार गर्नेलाई कार्बाही होस्:-
आलेखको सुरुवातमा युवतीलाई दुर्ब्यवार एबम महिला हिँसाको अभियोगमा रुकुम घर भएका ३२ बर्षका नेपाली प्रताप सिंह बुढाले स्पेनमा ३३ महिनाको जेल सजाय भोगीरहेको समाचार आँफैले लेखेको उल्लेख गरेको छु। तर जुन ठाउँमा सजाय उनले भोगीरहेका छन्, त्यहिँ ठाउँमा जन्मेकी एउटी चेलीलाई नेपालमा दुर्व्यहार भएको छ। ति दोषी उपर पनि त्यस्तै कार्बाही होस् भन्ने जोडदार माग गर्दछु।
नेपाललाई आफ्नो देश सम्झेर हाम्रा बालबालिकाको भविष्य देखिरहेकी चेलीलाई किन न्याय दिन सकिरहेका छैनौ ? सम्बन्धित निकायलाई अनुरोध छ,आईना माथि दुर्ब्यबार र हातपातको प्रयास गर्नेलाई कडा भन्दा कडा कार्बाही होस्।







aaena barka timro jaya hosa timro soch ko jaya hosa timro desa espen ko ratimra aama babu jasale yasti chori janmaya tinko pani jayahosa,tara kegarau,,,,,yo ghatana ko kahani sunda kehi lekhana sakena aaphau le aaphau lae nai bhikari rahe chhau chori ,
Comments are closed.