कृष्ण रानाभाट/पोखरा ।
नयाँ सम्बिधान कार्यान्वयनका दौरानमा आउन सक्ने चुनौतीहरुका बारेमा पोखरामा बहुपक्षीय छलफल गरियो ।
सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम युएनडिपी र शान्तिका लागि नागरिक समाजको संजाल पोखराको आयोजनामा भएको सो कार्यक्रममा राजनैतिक अभ्यासमा सबैको सहभागिता सुनिश्चित गर्ने, बहिष्कार गरेको समूह, संघीयता नमान्ने समूह, सिमान्कनको बिबाद कायमै रहेको अबस्थामा सम्बिधान कार्यान्वयनमा देखिने चुनौती माथी छलफल भएको थियो ।
सो अबसरमा राजनैतिक दलका प्रतिनिधि, महिला समुह, दलित, जनजाति, गैरसरकारी संघ संस्था, नागरिक समाज, मानव अधिकारको क्षेत्रमा कृयाशिल सक्रिय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम युएनडिपीका संयोजक युबराज आचार्यले सहजीकरण गरेका थिए ।