टीका थापा
पोखरा १६ बाटुलेचोर
पोखराको बाटुलेचैर म जन्मेको गाँउ
जताततै हरियाली हेर्दा राम्रो ठाउ
कीलिलेक उत्तरतर्फ हरियाली छर्दै
पूर्वतर्फ अर्मलाकोट बस्छ मख्ख पर्दै
लहलह धानका बाला ठुलिबेंसी फाटमा
कालिखोला बगिराख्छ आफ्नै मन्द छाटमा
कुलमण्डन शाह बस्थे यहि ठाउमा पहिले
उ बेलाका सामानहरु देख्न पाइन्छ अहिले
चमेरे र महेन्द्र गुफा हेर्न भनि अाउदा
खुशि को नै हुदैन र आफै देख्न पाउदा
गन्धर्बको सारंगीमा धर्मराजको लय
गित सुन्दा सबैजना मन्त्र मुग्ध भय
सबै धर्म सबै जाती मिली बस्ने ठाउ
मलाइ सधै प्यारो लाग्छ म जन्मेको गाउ






Very good poem.Thanks to the poet as well to B R. Bhat for sharing it.
Comments are closed.