नेदरल्याण्ड्सको राजधानी आमस्ट्राडामलाई कर्मथलो बनाउँदै नेपाली युवा अर्पण पोखरेल गीत संगीत क्षेत्रमा आफ्नो छवी निमार्ण गरिरहेका छन् । काठमाण्डौको ठिटो, क्यामरिज विश्व विद्यालयबाट उच्च शिक्षा सकाएर आमस्ट्राडाममा व्यवसायिक रुपमा संगीत क्षेत्रमा संघर्ष गरिरहेका उनी अन्तराष्ट्रिय कलाकार समाज नेदरल्याण्ड्सका अध्यक्ष समेत हुन् ।
उनी व्यवसायिक तरिकाबाट नै यस क्षेत्रमा हात हालेका छन् । उनले अमेरिकामा रहेको व्रोडकास्ट म्युजिक इनकरपोरेट सँग २ वर्ष देखि आवद्ध छन् । आँफुले निमार्ण गरेका सवै गीतहरु यस कम्पनीमा दर्ता हुने भएका कारण संसारको जुनसुकै कुनामा, गीत बज्दा वा डाउनलोड गर्दा पनि कम्पनी मार्फत रोयल्टी आउने गरेको पोखरेल बताउँछन्।
त्यस्तै व्रोडकास्ट म्युजिक इनकरपोरेटसँग आवद्ध युरोपेली साँगीतिक कम्पनी भेभोसँग पनि उनी विगत २ वर्षबाट संलग्न भै विभिन्न भाषाका गीतहरुको निमार्ण, संगीत तथा निर्देशन गरेका छन् । पोखरेलले आमस्ट्राडाममा मात्रै चार बटा संगीत कम्पनीमा काम गरिसकेका छन् । गीतहरुमा संगीत दिने, निर्देशन दिने, अनुगमन गर्ने नै उनको मुख्य भुमिका रहदै आएको छ। उनले नेपाली संगीतकर्मी सँग मात्रै नभई अरु भाषाका गीतकारहरुसँग पनि काम गरिसकेका छन् ।
नेपाली गीत संगीतलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने नै पोखरेलको प्रमुख लक्ष्य रहेको छ । युरोपका धेरै कार्यक्रममहरुमा सहभागिता जनाउँदै, नेपाली संगीतलाई युरोपको समुदाय माँझ पुर्याएका छन्। पोखरेलले संगीत भरेका,यो मायाको संसार, यु मेक मि स्माइल, र नेपालमा गएको विनाशकारी भुकम्प पश्चात उठ्नेछ नेपाल भन्ने गीतहरु धेरै लोकप्रिय छन्।
उनको हालसालै सार्वजानिक भएको यु मेक मि स्माइल भन्ने गीत डायस्पोरामा खुवै चर्चामा रहेको छ पोखरेलको साँगीतिक यात्रामा गायक चोसाङ्गले साथ दिदै आएका छन् ।






You are awesone!!
I am a gerat fan of yours..
Comments are closed.