कृष्ण रानाभाट/ पोखरा
पोखराको न्युरोडमा रहेको कास्की मोडेल हस्पिटलले सघन उपचार कक्ष ९आईसियु०को बुधबार देखी शुभारम्भ गरेको छ ।
विभिन्न क्षेत्रका बिज्ञहरु द्वारा २०६१ सालमा मोडेल हेल्थ केयर प्रा।लि। बाट सुरुवात गरि २०६५ माघ १० गतेदेखि स्थापना भएको उक्त हस्पिटलको नयाँ सेवाको हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष ई। लेख बहादुर गुरुङ र हृदय रोग प्रतिस्ठान कास्कीका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ डा। माधव बाबू तिवारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
करिब २ करोड थप लगानी लागेको सो आईसियुमा अत्याधुनिक २ वटा भेन्टिलेटर र पाँच वटा मोनिटर बेड राखिएको छ ।
हस्पिटलमा मानसिक तथा मनोरोग, पेट छाती तथा मुटु रोग, हाडजोर्नी तथा नशा सम्बन्धि सफल उपचार तथा सर्जरी, प्रसुती तथा स्त्रीरोग, नवजात शिशु तथा बालरोग, छाला तथा यौन रोग, नाक कान घाँटी तथा गलगाँड रोग, दन्त रोग अत्याधुनिक प्रबिधि द्वारा ल्याव परिक्षण लगाएतको सेवा दिदै आएको प्रबन्ध निर्देशक डा। लुमेश्वर आचार्यले बताए ।