साईकिलिङ्ग एक्पिडिसनमा भाग लिने साईक्लिस्टहरूको बिदाई


मोहन मुन/पोखरा
यहि मार्च २२ देखि २७ सम्म साइक्लिड्ग धरानको आयोजनामा हुन लागेको साईकिलिङ्ग एक्पिडिसन २०१६मा सहभागी हुने पोखराका साईक्लिस्टहरूलाई बिदाई गरिएको छ। कास्की जिल्ला साइकल संघ र पोखरा पर्यटन बोर्डको आयोजनामा एक समारोह बिच शुभकामना दिदै बिदाई गरिएको हो।

साईकिलिङ्ग एक्पिडिसनमा पोखराबाट नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थराज अवस्थी,उपाध्यक्ष जितेन्द्रमान शाक्य तथा साईक्लिस्ट लोक थापाले सहभागीता जनाउँदैछन्।

सन् २०२० सम्ममा धरानलाई साईकल मैत्री सिटी बनाउने लक्ष्य सहित, सन् २०१५ मा साइक्लिड्ग धरानको स्थापना भएको थियो। धरान ,दार्जलिड्ग,सिक्किम र सिलिगडीसम्म विश्व साईकल यात्री पुष्कर शाहको नेतृत्वमा साईकल यात्रा तय गर्ने आयोजकले जनाएको छ।

unnamed-21 unnamed-22

1 COMMENT

Comments are closed.