बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसले “लाईभ म्युजिक धमाका” कार्यक्रमको आयोजना गर्दै छ। नेपाली नयाँ बर्षको उपलक्ष्यमा आगामी अप्रिल १० तारिख निकोसियामा कार्यक्रमको आयोजना गर्न लागेको हो।
कार्यक्रममा पप गायक रोज मोक्तान ,चर्चित लोक गायक राम्जी खाँड र स्बिजरल्याण्डबासी गायक सुबास सुन्दासले जोडदार प्रस्तुती दिने भएका छन्। नेपाली नयाँ बर्षलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरेको बताउँदै राष्ट्रिय समन्वय परिषदका अध्यक्ष सुबास मल्लले सहभागी बन्न साईप्रस स्थित नेपाली समुदायलाई अनुरोध गरेका छन्।
साईप्रसमा चर्चित कलाकारहरु बोलाएर कार्यक्रम गर्ने क्रम बढीरहेको बेला,संगीत प्रेमी नेपालीहरु नयाँ बर्षको कार्यक्रमलाई लिएर झनै उत्साहित बनेका छन्।






goom mani herna auxu
I am ready
hamro pani k hi prativa haru rakhna pauxa ki paudana plz answer me.
Comments are closed.