– बिनिता रेग्मी (खनाल)
आधा आकास ओगेटेका हामी महिला जाति अझ भनौ हामी नेपाली महिला जो चुल्हो र चौकोमा मात्र सिमित थियौं। तर अहिले हामी देश बाहिर धेरै टाढाका देशमा छरिएर रहेका छौं। युरोप महादेशमा हुने हामी महिलाहरु पुरुष प्रधान नेपाली समाजको प्रतिनिधित्व गर्दै अवसर तथा सम्पूर्ण रुपमा बिकसित तथा विलासिताको सम्पूर्ण साधन उपभोग गर्न पाईरहेका छौं।
पुरुषहरु सँग हातेमालो गर्दै अगाडी बढ्न पाईरहेका छौं। आर्थिक हिसाबले पनि अब्बल (आफूले काम गर्न पाएको परिस्थितिमा) सामाजिक परिवेशमा समाजमा खुलेर बोल्ने र सहभागिता जनाउन पाएका छौं। ब्यबसायिक रुपमा सवल र सफल हुनको लागि हामी महिलाको भूमिका (अपरिहार्य) महत्वपूर्ण छ। हामी सवल बन्यौ भने पुरुष प्रति निर्भर बन्नु पर्दैन।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अन्तर्गत महिलाहरु जो महिला फोरममा हुनुहुन्छ, जो हुनुहुन्न उहाँहरुलाई पनि आबद्व हुन अनुरोध गर्दछु। फोरममा नहुँदा पनि हुन त हामी एनआरएन नै हौँ तर फोरममा आवद्व भएपछि फोरमले गर्ने गरेको हरेक कार्यमा सहभागी हुन पाइन्छ र बिभिन्न अनुभव हासील गर्न सकिन्छ।
अन्तराष्ट्रिय महिला दिबस नजिकै गर्दा सम्पूर्ण एनआरएन नारीहरुलाई सुझाव तथा सन्देश दिन चाहन्छु, हामीले बनाएको सानो योजना जसले भोलि गएर ठुलो रुप लिओंस्। हामीले शुरु गरेको अभियानले भोलि गएरबिशाल रुप लिएर, आफ्नो देशका महिलाहरु जो दुखमा हुनुहुन्छ,उहाँहरुलाई सहयोग गर्न सफल सकियोस्।
जस्तै : उदाहरणका लागि “१ यूरो अभियान” लाई लिन चाहन्छु भन्दा सुन्दा १ युरो छ तर सबै महिलाबाट १ युरो जम्मा हुँदै जाँदा भोलिको दिनमा लाखौँ रुपैंया जम्मा हुनेछ र लगानी गर्न पाइन्छ, यो अभियान जुन देशको एनआरएनए महिला फोरममा लागु भै सकेको छ त्यसलाई निरन्तरता दिउँ र जुन देशमा लागु भएको छैन त्यो देशमा लागु गर्नको लागि पहल गरौँ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले पनि महिलाहरुलाई यस कार्यलाई अगाडी बढाउन अनुरोध गर्दछु। त्यसैगरी अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतका बिशिष्ट पदमा रहनु हुने दिदी बहिनीहरुलाई आग्रह गर्न चाहन्छु हजुरहरुले कुनै त्यस्तो निति बनाउनुहोस कि सम्पूर्ण नारीलाई फाइदा पुगोस।
राजनीति हामीलाई चाहिएको छैन,हामीलाई हाम्रो सामान्य जीवन चल्ने राम्रो नीति चाहिएको छ। आजकलका नारीहरु प्राय पढे लेखेका हुनुहुन्छ,झन् युरोप सम्म आइपुग्दा धेरै अनुभव पाइसक्नु भएको छ। कति धेरै भिन्नता छ हाम्रो नेपालका नारी र युरोप, अमेरिकाका नारीहरुमा तर सबैलाई मिल्ने गरि योजना बनाउनुहोस। जुन योजना नेपाल देखि युरोप सम्मका नारीहरुलाई फाइदा पुग्ने योजना बन्न सकोस्।
तपाईहरु योजना लिएर आउनु भयो भने हामीहरु साथ दिन तयार छौं। जति सकिन्छ आफ्नो हैसियतले सहयोग पक्कै गर्नेछौं। तपाईहरु घुम्ती टोलि जस्तै देश – देश चाहार्नुहोस,ताकी कुन देशका महिलाहरु कति क्रियाशील छन् ? कुन देशमा आय – व्यय कति छ ? हरेक देशका महिलाहरुको गतिबिधि बुझेर आयमुलक कार्ययोजना बनाउन सकिन्छ।
अन्तराष्ट्रिय महिला दिवस भएकोले देश बिदेशमा रहनुहुने सबै नारीहरुलाई यो दिवस मनाउन आग्रह गर्दछु। नेपालका बिकट क्षेत्रमा जनचेतना, महिला शसक्तिकरण अनि माइक्रो क्रेडिट जस्ता कार्यक्रम लागु गर्न सकियोस। युरोप, अमेरिकामा आयमुलक ब्यबसायमा संलग्न गराउन पाइयोस। हामी जहाँको महिला भए पनि सर्वप्रथम पढी लेखि आफ्नो खुट्टामा उभिन सक्षम बनौं । आत्मनिर्भर बन्न सिकौं। हामी आमा सक्षम भएको खण्डमा छोरा छोरीलाई राम्रो शिक्षा दिन सकिन्छ। पुरुषहरुसँग हातेमालो गरी अगाडी बढ्न सकिन्छ।
नेपालमा महिलाहरुलाई अवसरहरुको कमी छ, स्वतन्त्रता छैन। तर युरोप, अमेरिकामा आफूले चाहेको खण्डमा अलि सजिलो छ, भन्ने मेरो आफ्नो अनुभव रहेको छ। विश्वास र साथ पाएको खण्डमा युरोपमा हामी नेपाली महिलालाई ठुलो अबसर छ। त्यही बिश्वास र आँट बोकेर नै बिगत १२ बर्ष देखि स्पेनमा आँफुले नै व्यवसाय गर्दै आएकी छु।
तर हामी धेरै जसो महिलाहरु युरोपमा पनि श्रीमानको कमाईमा निर्भर गर्नुपर्ने पनि छ। वा थोरै समय काममा दिने हुँदा श्रीमानको दाजोमा कमाई पनि न्यून हुने गरेको छ। तर त्यसो हैन हामी आँट गरौ,हिम्मत बुटुलौ,पुरुष सरह सबै क्षेत्रमा हामी सफल बन्न सक्छौ। त्यसैले हामी महिलाहरुले हरेक क्षेत्रमा नेतृत्व लिने आँट गर्नु पर्दछ।
राम्रो अवसर पाएको खण्डमा यहाँका नारीहरु अधिकांश स्वास्थ्य क्षेत्रका हुनुहुन्छ। भने धेरै जसो बिउटी पार्लर,धेरै जसो टिचर पनि हुनुहुन्छ,समग्रमा भन्नुपर्दा स्पेनका महिलाहरु बढीनै क्रियाशिल हुनुहुन्छ। सामाजिक क्षेत्रमा लागि पर्ने, एक अर्कालाई पर्दा आफ्नै सम्झेर सहयोग गर्ने, यस्तो परिवेशले मलाई यहाँ बसेर सामाजिक कार्य गर्ने हौसला प्रदान गरेको छ।
म एक सामाजिक कार्यकर्ता पनि भन्न रुचाउँछु। यसै दिनमा म मेरी आमा र दिदीलाई धेरै याद गर्दछु। आमा हजुरको आशिर्बादले म यहाँ छु आज, संसारका आमाहरुलाई हृदयदेखि सम्मान स्वरुप नमस्कार भन्न चाहन्छु।
आमा तपाईको जन्मले आज नारी भएकोमा गर्ब गर्दछु। १०६ औ अन्तराष्ट्रिय महिला दिबसको अबसर संगै, हरेक महिलामा आँट,बिश्वास र हिम्मत बढोस् सदत् शुभ- कामाना।
– रेग्मी गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन कि उपाध्यक्ष हुन्।






nrna le sadai paisa matra magne ho kamkaje mahila sanga ………..? nrna mahila forum bata sarbasadhar mahilale k paune ta hamile k hi dinchau ya hajur harule deyako sahayogle k k garyu yesta k hi sunna paidaina kina hola……………?
Good and interesting articale Regmee bahibi.
Happy international Women Day.
Hope y will reply the querries as questions of Neelam bahini, that will be an opportunity to informe throught the media what nrna women forum did and doing.
Best of luck.
Comments are closed.