बार्सिलोना / ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने मूल नाराका साथ सरकारले सञ्चालन गरेको अभियानमा एक दम्पतीले छोराको अन्नप्राशन(पास्नी) को उपलक्ष्यमा सहयोग गर्ने भएका छन्। स्पेन निबासी दीपक खरेल र नुतन सेढाई खरेलले आफ्नो छोरा निर्देश कृष्ण खरेलको पास्नीको उपलक्ष्यमा ३१ हजार १ सय १ रुपैयाँ सहयोग गर्ने भएका हुन्।
१२ वैशाखको विनाशकारी भूकम्पले ध्वस्त बनाएको धरहरा जनताकै लगानीमा निर्माण गर्ने सरकारले देश–विदेशमा रहेका नेपालीलाई सहभागी हुन अनुरोध गरे पछि सर्बसाधारणहरु सहयोग गर्न सुरु गरेका छन्। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निबर्तमान सदस्य समेत रहेका खरेलले धरहरा देख्दा यसमा मेरो पनि सहयोग छ भन्दै भोलि छोरालाई गर्ब होस् भनेर नै आँफुहरुले सहयोग पठाउँन लागेको बताए।
उनले भने,” हामीले गरेको सहयोग रकम थोरै भए पनि,धरहरा बनाउँन सबैलाई प्रेरेणा मिलोस् भनेर छोराको पास्नीको अबसरमा सहयोग गर्न लागेका हौ।” यस अघि खरेलले काभ्रेको सुस्त मनस्थिति केन्द्रमा भान्सा घर निर्माणका लागि पनि रकम संकलन अभियानमा संयोजकको जिम्मेबारी निर्बाह गरेका थिए।
यस अघि प्रधानमन्त्रीसहित सरकारका सबै मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले धरहराको पुनर्निर्माणका लागि एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका थिए। १२ वैशाख ०७३ मा धरहरा पुनर्निर्माणको शिलान्यास हुने बताईएको छ।






Gr8 job
la badhai chh Deepak Sir N family
बधाई…….
Comments are closed.