नेपाली फुटबलले ईतिहास रचे पछि,युरोपका नेपालीहरु के भन्छन् ?


   बसन्त रानाभाट बार्सिलोना/

नेपालले २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन बने पछि प्रबासमा रहेका नेपालीहरु खुसीयालीमा रमाएका छन्। फुटबललाई नजिकबाट हेरीरहने, युरोपका नेपालीहरुले जीत पछि,उत्साहपुर्बक खुसीयालीमा रमाएका हुन्। गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचाले पछि नेपाली फुटबलप्रेमी दर्शकहरुमा, छुट्टै रौनकता र उत्साह छाएको छ।

भारतले लगाएको अघोषित नाकाबन्धी पछि,निकै आक्रोशित बन्दै आएका नेपालीहरुले,ऎतिहासिक जित पछि बदलाको भाबको रुपमा सामाजिक संजालमा प्रतिक्रिया दिएका छन्। म्याच फिक्सिङ् काण्ड पछि,प्रतिभाबान युवा खेलाडीहरुले अबसर पाउँनुलाई कतिपयले नेपाली फुटबलको नयाँ युगको सुरुवातका रुपमा बिश्लेषण गरेका छन्। अन्तराष्ट्रिय उपाधिहरु भित्राउँन सुरु गरेका युवा खेलाडीहरुले आँफूहरुलाई अब्बल समेत साबित गरिसकेका छन्।

उता नेपाली फुटबलका चम्किला ताराका रुपमा उदाएका नबयुग श्रेष्ठको प्रशंसा गर्दै सामाजिक संजाल रंगिएका छन्। उनले साग प्रतियोगितामा मात्र नेपालका लागि ७ गोल गरेका छन्।एक गोलको अग्रता लिएको भारतलाई नबयुगले नै निर्णायक गोल गरे। यस अघि नेपाली खेलाडी प्रकाश बुढाथोकीले फ्रिकीकबाट प्रहार गरेको गोललाई, विश्वस्तरको फ्रिकीकको रुपमा पनि धेरैले चर्चा गर्दै प्रशंसा गरेका छन्। युरोपमा रहेका नेपालीहरुले, नेपालको गोल स्तर,खेलाडी बीचको तालमेललाई,लालिगा वा प्रिमियर लिगका केहि झलकको रुपमा पनि सम्झना गरेका छन्।

Nepal-Footballपोर्चुगलबाट फुर्बान रायमाझी आफ्नो फेसबुकमा लेख्छन्, देशका लागि खेल्नेहरु जित्छन् र जितेर देखाए,आफ्ना लागी खेल्नेरु सधैँ हार्छन् र हारे,जय फुटबल,बधाई छ हामीलाई।” नेपालले भारतलाई पराजित गरे पछि रमाईलो गरी खुसी मनाउँनेको पनि कुनै कमी देखिदैन।

स्पेनको बेनीड्रम बस्दै आएका प्रकाश तिवारी खुसी साट्दै भन्छन्,”आज नपिउन पर्ला भनेको ……के हुन्थ्यो भाईहरुले जिते, समग्रमा ईन्डियालाई पो जितियो त, नाकाबन्दीको बदला लिएको दिन, नपिइकन के छोडीन्थ्यो, ल है साथीहरु सबैलाई चियर्स।”सामाजिक संजालबाट कतिपयले बिगतको नेपाली फुटबल प्रति टिका टिप्पणी,आरोप र आक्रोश पनि पोखेका छन्।

नेदरल्याण्ड निबासी अमृत कार्की लेख्छन् “नेपाली फुटबलमा थापायुगको अन्त्य भएर नबयुगको शुरुवात भएपछी हामीले सधै जितिरहनेछौ। स्वर्ण जित्नु भन्दा पनि भारतलाई जित्नु ठुलो जित हो । एकातिर फुटबलमा ब्याप्त भ्रस्टचार,म्याच फिक्सिंग अर्कोतिर देशको राजनैतिक अस्थिरता र निराशाका बीच अन्तराष्ट्रिय प्रशिक्षक बिना नै १ महिनामा दुई अन्तराष्ट्रिय उपाधि र तिन अन्तरास्ट्रिय ह्याट्रिक जस्तो सफलता कुनै चानचुने कुरो होइन। यो त गणेश थापा र सागर थापा जस्ता भाइरसबाट संक्रमित नेपाली फुटबलले मुक्त भएर नवयुगमा प्रवेश गरेर भएको हो ।”

बार्सिलोना निबासी उमेश अधिकारीको संकेत पनि त्यतै तिर नै छ, भ्रष्ट हरूको अन्त्य भएपछि नेपाली फ़ुटबलले पनी स्तरीय खेल प्रदर्शन गरेर स्वर्ण ज़ित्न सक्दो रहेछ,आफ्नो स्टाटसमा अधिकारीले लेखेका छन्,”लौ अब आफ़ै थाहा पाउँनुहोस्, भ्रष्टाचार के रहेछ ? बधाइ छ नेपाली टीमलाई‬ ।”

बेल्जियमका सन्तोष न्यौपानेले जीतको खुसीले सबै नेपालीलाई एकजुट गराईदिने गरेको टिप्पणी गरेका छन्। उनि लेख्छन्,”अरु बेला बिभिन्न बहानामा झगडा गर्ने हामीहरुलाई “खेल”ले एकजुट बनाइदिएको छ्,नेपालको लागी हामी सबै नेपाली भएका छौ। सबैले देशकै लागी सोचेका छौ,आजको जितको खुसी सँग यो भावना बिचार सधै “नेपाली र नेपाल”को लागी भैरहोस रहिरहोस्!बधाइ बधाइ बधाइ! ”

स्बिजरल्याण्डबाट गुणराज शर्माले नेपाली टिमलाई बधाई दिदै युवा जोश र जागरको चर्चा गरेका छन्। “हार्दिक बधाई नेपाली युवा फुटवल टिमलाई,हामीले अवसर र वातावरण पायौ भने गरेर देखाउँछौ भन्ने प्रमाणित गरे आज हाम्रा युवाहरुले,अब यिनै युवाबाट हाम्रा देशका बुढा नेताहरुले केहि सिक्ने बेला आयो।” उनले लेखेका छन्।

पोर्चुगलका हेमराज सुबेदीले फेरि यस्ता खेलाडीहरुलाई उचित सम्मान प्रोत्साहन दिनु पर्ने तर्क राख्छन्। बधाई छ वीर गोर्खालीका सन्तानहरुलाई,नेपाल सरकारले अब यस्ता खेलाडिहरुको उच्च मुल्याङ्कनका साथै बिभिन्न सुविधाहरु दिनु पर्दछ” सुबेदीले लेखेका छन्।

2 COMMENTS

  1. nepali nayta haru india gayra nepal rasta lutayra afno pakayt varayra aauchan nepali khayladi indiasita ladyra golmadal jitayra aauchan nayta vanda nepal ko nam rak ne khaladi thula vay badaicha nepali khayladi laei

  2. hudo rahexa ta goal ta kina nahunu but chahana hunu pardo rahexa ni man vitra bata khelnu pardo rahexa ni hamro pahile deshko kalanka vanne haru man bata navayara dimag bata khelera rahexa npl upadhi bihin baneko ani thaha vayo aaja ani suvakamana SSP sarbendra khanal lai pani yasro desh drohi haru ko nali beli patta lagi thegan lagaunu vayako ma ani dherai suvakamana national team lai pani ra all nepali lai sandip kc from america

Comments are closed.