काँग्रेस सभापति कोईरालाको निधन पछि,महाधिवेशन प्रक्रिया स्थगन


काठमाडौँ/ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरलाको निधन पछि हाललाई १३ औँ महाधिवेशनसम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगन भएको छ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान १२:५० बजे निधन भएपछि कांग्रेसका निर्वाचनसम्बन्धि सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक मंगलबारका बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बोलाइएको छ ।

दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज -सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । 

यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख कार्यक्रममा विरामी भएकाले कोइराला उपस्थित भएका थिएनन्।