राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको युरोप शाखा गठन


बसन्त रानाभाट ,बार्सिलोना/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,यूरोप शाखा गठन भएको छ। स्पेन निबासी लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटाको अध्यक्षतामा युरोप शाखाको तदर्थ समिति गठन भएको हो। युरोपका बिभिन्न मुलुकहरुबाट शनिबार पोर्चुगलको लिस्बन पुगेका लोक दोहोरी कलाकारहरु मिलेर शाखा गठन गरेका छन्।

युरोप शाखाको बरिष्ट उपाध्यक्षमा भगवान भुजेल(पोर्तुगल),प्रथम उपाध्यक्षमा नबिन भट्टराई (फिनल्याण्ड) र दोस्रो उपाध्यक्षमा पूर्ण अर्याल (पोर्तुगल) सर्बसम्मत चयन भएका छन्। यस्तै महासचिबमा शिब सुबेदी (फ्रान्स),सचिव दिपक बुढाथोकी (पोर्तुगल),कोषाध्यक्ष बिनिता लामिछाने (फिनल्याण्ड) र सह कोषाध्यक्षमा शम्भु सिलवाल (पोर्तुगल) चुनिएका छन्।

युरोप शाखाका सदस्यहरुमा सुबासचन्द्र पुन (पोर्तुगल),ईमानसिंह बुढा मगर (पोर्तुगल),अनिता राना (पोर्तुगल),सिता सुबेदी (नर्बे), रुक्मिणी भट्टराई (फिनल्याण्ड),भुवन अछामी (स्पेन),कुल मगर (बेल्जियम) तेज गाहा मगर (पोर्तुगल),लालमती गुरुङ(पोर्तुगल),दुर्गा थापा (पोर्तुगल),बिनोद भण्डारी (फिनल्याण्ड),लिल गुरुङ (पोर्तुगल),अंकिता मगर(पोर्तुगल),आशिष परियार (पोर्तुगल),प्रेम गुरुङ (पोर्तुगल) र बिनोद मगर पोर्तुगल) सर्बसम्मत चयन भएका छन्।

12656534_1048586495203619_764941374_oस्पेन निबासी बरिष्ट लोकगायक राजेन्द्र लम्साललाई संरक्षक र प्रबक्तामा पोर्तुगलका जे.बी.ओली चयन भएका छन्।यस्तै सल्लाहकारहरुमा मुक्त बहादुर गुरुङ (स्पेन),भिम कमल केसी (पोर्तुगल),लव थापा (जर्मनी),शिब कुमार बरुवाल (बेल्जियम),हेमराज शर्मा (फिनल्याण्ड) र देबीदत्त शर्मा (फिनल्याण्ड) रहेका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक समेत रहेका लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ,एनआरएनए पोर्तुगलका अध्यक्ष भिम कमल केसी,आईसीसी सदस्य रमेश कुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो।

ग्याग्दी जिल्ला स्थायी घर भई हाल बार्सिलोना बस्दै आएकी लोक तथा दोहोरी गायिका घिमिरे अध्यक्षमा चयन भए पछि थप जिम्मेबारी बढेको बताएकी छन्। उनले नेपालीनेपाली डटकमलाई भनिन्,” अब सबै कलाकारहरुमा मलाई जस्तै जिम्मेबारी बढेको छ,युरोपका ठाउँ ठाउँमा लोक तथा दोहोरीका भाकाहरुलाई पुर्याउँनका लागि हामी लागि पर्ने छौ।”

12696874_817740475003545_1786972260_o12698844_1048586008537001_433024837_o12422227_1048591605203108_1721055746_o

3 COMMENTS

  1. बधाई दिऊभने अबैध संथा जन्मेको छ त्यसैले जैले राष्ट्रीय लोक दोहोरी प्रतिस्ठान नेपाल ले स्विकृती दिन्छ त्यति खेरै बधाई दिनेछु !

  2. धन्यवाद नेपाली नेपाली डट्कम लाई।
    Pun Balaram जि लाई प्रश्न गर्न मन लायो।हजुरले यो सस्थालाइ अबैध भनेर कुन हैसियतले र कुन आधारले भन्नू भो अलि प्रष्ट भएन,
    बरु हजुर पनि नेपाली गित सङीतकै पारखी हुनुन्छ आउनुस मिलेर केही गरम यदि सामाजिक मन छ भने।

Comments are closed.