अन्तराष्ट्रिय संजाल सहितको पर्बत समाज गठन गर्न स्पेनबाट जोड


बार्सिलोना / सबै देशमा रहेका पर्बतेलीहरुलाई समेटेर,अन्तराष्ट्रिय संजाल सहितको पर्बत समाज बनाउँन, स्पेनका पर्बतेलीहरुले आबाज उठाएका छन्। पर्बत जिल्ला घर भई हाल बेलायतमा ब्यबसाय गर्दै आएका एनआरएनए युरोप संयोजक कुल आचार्यको सम्मान तथा स्वागत कार्यक्रममा यस्तो आबाज उठाएका हुन्।

हालै गठन भएको पर्बत समाज स्पेनले,युरोप संयोजक आचार्यको स्वागतमा बुधबार बार्सिलोनामा पर्बतेलीहरु बीच स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आचार्यले, बक्ताहरुले भने जस्तै बिभिन्न देशमा गठित पर्बत समाजहरुलाई जोडेर,अन्तराष्ट्रिय संजाल बनाउँन सके जिल्लाको बिकासमा टेवा पुर्याउँन सकिने बताए। यसका लागि सबै देशहरुमा गठित समाजहरुबाट यसरी नै आबाज आउँन सके छिट्टै सम्भव हुने धाराणा राखे।

समाजका अध्यक्ष अमर गुरुङको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमको संचालन महासचिब सन्तोष पौडेलले गरेका थिए। कार्यक्रममा युरोप संयोजक बनेकोमा आचार्यलाई खादा ओढाएर सम्मान गर्दै,सहभागीहरुले सफल कार्यकालको शुभकामाना ब्यक्त गरे।

12695236_951203651583310_669527660_o12422186_951203498249992_1458990804_o

1 COMMENT

Comments are closed.