एनआरएनए आईसीसी सल्लाहकारमा, थप १० जना मनोनित


बार्सिलोना/ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा थप १० जना मनोनित भएका छन्। शनिबार सम्पन्न आईसीसीको ५२ औ वैठकले थप १० जनालाई सल्लाहकारका मनोनित गरेको हो।

वैठकले टि. बि. कार्की–कतार,रतन झा– अमेरीका, मन के सी–अष्ट्रेलिया, डम्बर घले– यू के, राधा बस्नेत–क्यानाडा र शंकर पौडेल (मलेसिया) लाई सल्लाहकारमा मनोनित गरेको हो।

यस्तै नेपालमा रहेका डा.जुगल भुर्तेल, विश्वकान्त मैनाली,डा.गणेश गुरुङ र पशुपती मुरारकालाई पनि सल्लाहकारमा मनोनित गरिएको प्रबक्ता रन्जु वाग्ले थापा द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि गत नोभेम्बर १५ मा सम्पन्न बैठकले ११ जनालाई अन्तराष्ट्रिय समन्वय परिषदको सल्लाहकारमा मनोनित गरेको थियो।

बैठकले गैरआवासीय नेपाली संघका नियमावली र कार्यविधिहरुमा देखिएका शाब्दिक अस्पष्टता हटाउने बारेमा सुझाव दिन कानुनबिद्हरुको समूहकहाँ पठाउने निर्णय समेत गरेको छ । यसैगरी पछिल्लो पदाधिकारी वैठकले गरेको सिफारिसअनुसार बिभिन्न टास्कफोर्स तथा समितिहरुको संयोजक तथा सदस्यहरको नियुक्ति र पदपूर्तिसमेतलाई वैठकले अनुमोदन गरेको छ ।

12642583_951771648203250_3515224830101892096_n

1 COMMENT

Comments are closed.