बार्सिलोना/ नेपाली लोक तथा दोहोरी गीत संगीतलाई प्रबासमा पुर्याउँने उदेश्य सहित, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,यूरोप शाखा गठन हुने भएको छ। युरोपमा बस्दै आएका नेपाली लोक दोहोरी कलाकारहरुको पहलमा युरोप शाखा गठन हुने भएको हो।
आगामी फेब्रबरी ६ तारिक दिन पोर्चुगलको लिस्बनमा युरोप भर रहेका लोकदोहोरी कलाकारहरु भेला भएर युरोप शाखाको गठन गर्न लागिएको, लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटाले जानकारी दिईन्।यस्तै विभिन्न कारणले यूरोपका देशहरुमा बस्दै आएका लोकदोहोरीसँग सम्बन्धित सम्पूर्ण कलाकारलाई समेट्ने गरी शाखा गठन गरिने गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक राजेन्द्र लम्साल क्षेत्री बताउँछन्। केहि महिना अघि मात्र अध्ययनका लागि फ्रान्स आएका लोक दोहोरी सर्जक शिब सुबेदीले शाखा गठन सँगै,युरोपमा लोक दोहोरीको लोकप्रियता अझै बढ्ने बिश्वास ब्यक्त गर्दछन्।
शकुन्तला थापा, बिनिता लामिछाने,बलराम पुन, पूर्ण अर्याल, दिपक बुढाथोकी, सुवासचन्द्र पुनमगर, इमान सिंह बुढा मगर, पुर्ण अर्याल, सन्तोष पौड्याल, तेज गाहा मगर, दिपक बुढाथोकी, हरिकृष्ण बि.क,शम्भु सिलवाल,आशिष परियार, चित्र मगर, प्रेम गुरुङ, अंकिता घर्ती, लिल गुरुङ, दुर्गा थापा, जेबी ओली,अनिता राना र लालमोती गुरुङ भुबन अछामी,नबीन भट्टराई,लगायतक नयाँ पुराना कलाकारहरु युरोपमा बस्दै आएको लोकदोहोरी गायिका सापकोटा बताउँछिन्।
यस अघि लोक दोहोरी गीतमा आबद्द कलाकारहरुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,युके शाखा गठन गरिसकेका छन्। यता युरोप शाखा पनि गठन हुने भए पछि, लोक दोहोरी कलाकारहरु उत्साहित बनेका छन्।






malai yo dohori geet ko barema bujhna nikkai man lageko cha…sabai jana dohori dohori bhanchan…feri dohori gayekharu pani kati fastayeka rahechan…dohori ko barema malai gahan adhyan garne ichya jageko cha…kasile mero utsukta lai samadhan gardinu huncha ki?
Comments are closed.