बार्सिलोना/ रुचि, ईच्छा र निरन्तरता दिन सकियो भने जीवनमा आँफुले देखेका धेरै सपनाहरुलाई पुरा गर्न सकिन्छ। बैबाहिक जीवनको १३ बर्ष पुगीसक्दा पनि मोडलिङ् क्षेत्रलाई आफ्नो भविष्य ठानेर निरन्तरता दिई रहेकी योगिता थापा आफ्नो सपनाको धेरै नजिक पुगी सकेकी छन्।
“टप मोडल बेल्जियम २०१६” को संस्करणको हाल फाईनलमा प्रतिस्पर्धा गरिरहेकी मोडेल थापाले उपाधि जितेर आफ्नो सपना पुरा गर्न चाहन्छिन्। यही जनवरी २४ तारिक फ्रान्सको पेरिस लिड़ोमा प्रतियोगिताको फाईनल प्रतिस्पर्धा हुँदै छ। ५० प्रतिशत जुरी र ५० प्रतिशत भोटको आधारमा उपाधि चुम्ने हुँदा योगिताले आँफुलाई समर्थन गर्न नेपाली समुदाय माँझ अपिल गरेकी छन्। केहि महिना अघि ४० प्रतिस्पर्धी सँगै सेमिफाईनलमा प्रतिस्पर्धा गरेकी उनि आफ्नो क्षमता र भोटको आधारमा नै टप टेन (फाईनल) चरणमा आएकी हुन्।
बिगत ८ बर्ष देखि युरोपको राजधानी बेल्जियममा बस्दै आएकी योगिता उमेरले ३४ बर्ष पुगिन्। दुई छोरीकी आमा बनिसकेकी उनि आफ्नो श्रीमान् र परिबारको हौसलाले नै गर्दा कलाकारिता पेशालाई निरन्तरता दिईरहेकी छिन्। दिल्लीको आईआईएफटीबाट फेसन डिजाईनिङ् गरेकी थापाले मलेसियाको जेएफ बियूटी एकेडेमीबाट बियुटी कोर्स पनि पुरा गरेकी थिईन्। ईच्छा शक्ति लिए सबै सम्भव छ भने जस्तै श्रीमान् मलेसियामा बिजनस गरिरहदाँ पनि उनले आफ्नो रुचिलाई रोक्न सकिनन् फलस्वरूप एकेडेमीबाट धेरै कुरा सिक्ने मौका पाईन्।
मोडेल थापाले युरोपमा रहेर पनि कलाकारिता पेशालाई निरन्तरता दिई रहेकी छन्। गायक ओम बिक्रम बिष्टको आवाज देउ, गायिका दिव्य ज्योतिको नजर बोलको गीतमा अभिनय गरेकी छिन्। यस्तै बेल्जियमका कलाकार डिजे जिरक्सको संगीतमा पनि आफ्नो गीतलाई तयार गरेको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेकी छिन्।
के – हो त टप मोडल बेल्जियम ?
सन् २००४ देखि चल्दै आएको बेल्जियमको एक महत्वपूर्ण प्रतियोगिता हो “टप मोडेल बेल्जियम”। यस प्रतियोगीतामा जुनियर र सिनियर गरि फरक फरक ढंगबाट प्रतिस्पर्धा गरिन्छ।जुनियर तर्फ भने महिला र पुरष तर्फको गरी दुई छुट्टाछुट्टै प्रतियोगिता संचालन गरिन्छन् ।तर सिनियर तर्फ भने महिला प्रतियोगीहरुले मात्र सहभागिता जनाउन पाउँछन्। २९ बर्ष देखि ४० बर्ष उमेर समुहका महिलाहरुले प्रतिस्पर्धा गर्ने सिनियर तर्फको यो १२ औ संस्करण हो। नेपाली चेली थापा सिनियर तर्फ भाग लिने पहिलो नेपाली महिला हुन्।
ईच्छुक महिला मोडल निवेदकले आबेदन भरेर नै छनोट प्रकियाको आरम्भ हुन्छ। फ्रेन्स अफिसियल भाषा रहेको प्रतियोगितामा भरिएका फारमहरु र फोटोको आधारमा नै प्रतियोगी छनोट गरिन्छ
भोट गरेर जिताउँन योगिताको अपिल
बेल्जियमको नेप्लिस विईमन सोसाईटीका सक्रिय तथा अन्तराष्ट्रिय कलाकार मञ्च युरोप शाखाकी कोषाध्यक्ष समेत रहेकी थापाले बेल्जियम,लक्जेम्बर्ग र फ्रान्सका बसोबास गर्ने नेपालीहरुलाई भोट गरेर आँफुलाई जिताउन अपिल गरेकी छिन्।
टप मोडलका प्रतियोगीहरुलाई बेल्जियम, लक्जेम्बर्ग र फ्रान्सबाट एसएमएस भोटिंग गर्न सकिन्छ । फाईनलमा प्रतिस्पर्धा गरिरहेका सहभागीहरुलाई भोट गर्ने अन्तिम मिति यही जनवरी २४ तारिक सम्मलाई तोकिएको छ।
नेपाली चेली थापालाई, मोबाईलबाट एसएमएस भोट गर्न TMB२८९ टाईप गर्नु पर्ने छ,टाईप पछि बेल्जियमबाट भए ३५६५ मा , फ्रान्सका लागि ८१०१३ र लक्जम्बर्गबाट भए ६४७४७ मा एसएमएस पठाउन सकिने ब्यबस्था छ।
नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै उनले भनिन्,”यो मैले देखेको सपना हो म पुरा गर्न चाहन्छु, यसमा नेपाली समुदायको पनि हात छ। यहाँ भोट र क्षमता दुवैको जरुरी हुने हुँदा, म आफ्नो तर्फबाट शत प्रतिशत दिने कोशिस गर्ने छु ,तपाईहरु पनि मलाई भोट गर्दै गर्नु होला।”
उनले आँफुले जिते पनि हारे पनि नेपालमा भूकम्प प्रभावित स्कुलमा पुगेर सहयोग गर्ने योजना बनाएकी छन्। उपाधि जितेमा प्राप्त पुरस्कार राशिबाट सहयोग गर्ने वा त्यसो नभए पनि व्यक्तिगत तबरबाट सहयोग गर्ने ईच्छा योगिताले राखेकी छन्।






good
Comments are closed.