स्कूल अफ डेमोक्रेसीको कास्की कार्यसमिति विस्तार


पोखरा / नेपालको लोकतन्त्रलाई मजवुत बनाउने उद्धेस्यका साथ स्थापना भएको स्कूल अफ डेमोक्रेसी कास्कीले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
समितिका अध्यक्ष सुवर्णजंग केसीले आँफूमा निहित अधिकारको प्रयोग गर्दै १७ सदस्यीय तदर्थ समिति विस्तार गरेका हुन् ।

विस्तारित समितिको सदस्यहरुमा अस्मिता ढकाल, दिपिका कार्की, जया अधिकारी, ज्योत्सना हमाल, प्रकास खड्का, विर थापा, दिक्षा शर्मा, सिता तामाङ्ग, अनुजा श्रेष्ठ, मोनिका मगर, विजय गुरुङ्ग, स्याम गुरुङ्ग, रजनी बयलकोटी, विष्णु पौडेल, हरि थापामगर, र हरिहर पराजुली रहेको अध्यक्ष सुवर्णजंग केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।